शिक्षकहरूको माग सम्बोधनका विषयमा शिक्षामन्त्रीले सदनलाई जानकारी गराउनुपर्छ: सूर्य थापा
सोमबार, १५ वैशाख २०८२, १२ : १५
काठमाडौँ । नेकपा एमालेका सांसद सूर्यबहादुर थापाले शिक्षकहरूको माग सम्बोधन गर्ने विषयमा शिक्षामन्त्रीले सदनबाट जानकारी गराउनुपर्ने माग गरेका छ्न ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा थापाले शिक्षकहरूको मागका लागि भइरहेको प्रयासका बारेमा शिक्षामन्त्रीले सदनबाट जानकारी गराउन माग गरेका हुन् ।
सिङ्गो संसद् त्यसप्रति गम्भीर छ भन्ने अनुभूति सिङ्गो देशले गर्ने गरी शिक्षामन्त्री रघुजी पन्तले सदनबाट आश्वस्त पार्नुपर्ने उनले बताए । शिक्षा विधेयक संसद्को यस अधिवेशनबाट टुङ्ग्याउने प्रक्रियामा रहेको र त्यसका लागि संसदीय समितिको उपसमितिमा निरन्तर छलफल भइरहेको जानकारी गराए ।
शिक्षक आन्दोलनका क्रममा भएको घटनाप्रति दुखद रहेको भन्दै उनले आन्दोलनका नाममा हुने दमन उचित नभएको बताए । उनले शिक्षकहरूलाई समेत संयमित भएर आफ्ना मागहरू राख्न आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण