शिक्षकहरूको माग सम्बोधनका विषयमा शिक्षामन्त्रीले सदनलाई जानकारी गराउनुपर्छ: सूर्य थापा
सोमबार, १५ वैशाख २०८२, १२ : १५

काठमाडौँ । नेकपा एमालेका सांसद सूर्यबहादुर थापाले शिक्षकहरूको माग सम्बोधन गर्ने विषयमा शिक्षामन्त्रीले सदनबाट जानकारी गराउनुपर्ने माग गरेका छ्न ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा थापाले शिक्षकहरूको मागका लागि भइरहेको प्रयासका बारेमा शिक्षामन्त्रीले सदनबाट जानकारी गराउन माग गरेका हुन् ।
सिङ्गो संसद् त्यसप्रति गम्भीर छ भन्ने अनुभूति सिङ्गो देशले गर्ने गरी शिक्षामन्त्री रघुजी पन्तले सदनबाट आश्वस्त पार्नुपर्ने उनले बताए । शिक्षा विधेयक संसद्को यस अधिवेशनबाट टुङ्ग्याउने प्रक्रियामा रहेको र त्यसका लागि संसदीय समितिको उपसमितिमा निरन्तर छलफल भइरहेको जानकारी गराए ।
शिक्षक आन्दोलनका क्रममा भएको घटनाप्रति दुखद रहेको भन्दै उनले आन्दोलनका नाममा हुने दमन उचित नभएको बताए । उनले शिक्षकहरूलाई समेत संयमित भएर आफ्ना मागहरू राख्न आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगालको खाडी र अरब सागरको जलवाष्पयुक्त हावाको प्रभाव : यी क्षेत्रमा वर्षा र हावाहुरीको सम्भावना
-
मनमोहन अधिकारीले शिलान्यास गरेको सडक ३१ वर्षपछि कालोपत्रे हुँदै
-
सोमबार कुन राशिका लागि शुभ ?
-
बर्खामा बल्ल धुलिखेल-साँगा सडकको कालोपत्रे
-
कांग्रेसका ६ नेता किन भेला भए गोपालमान निवास कालिमाटीमा ?
-
स्कुटर दुर्घटनामा चालकको मृत्यु