'यो सरकार भएको भए सुन्थ्यो, यो त गुण्डाहरुको हुल पर्यो'

काठमाडौँ । राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर बिष्टले देशमा गुण्डाहरुको शासन भएको आरोप लगाएका छन् ।
राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापनाका लागि सोमवार काठमाडौंमा आयोजित विरोध प्रदर्शनलाई सम्बोधन गर्दै उनले केपी ओली नेतृत्वको सरकार गुण्डाहरुको हुल भएको जिकिर गरे ।
उनले भने, ‘यो सरकार भएको भए सुन्थ्यो, यो त गुण्डाहरुको हुल पर्यो । यो पुलिस भएको भए सुन्थ्यो यो त पार्टीको कार्याकर्ता पर्यो । यो सिडियो भएको भए सुन्थ्यो, यो त दलको कार्यकर्ता पर्यो । हामीलाई देशको प्रशासन चाहियो । आज देशमा प्रशासन छैन, दलको प्रशासन छ । पार्टीका प्रशासन छ । जबसम्म देशको प्रशासन हुँदैन, आज हामीले दुईजना शहीदलाई माला लगायौँ, म दुःखका साथ भन्छु अब यस्ता धेरै शहीदहरु जन्मिने डर भयो ।’ उनले देशमा भइरहेका विभिन्न आन्दोलन र प्रदर्शनहरुमा सरकारको ध्यान नपुगेको समेत बताए ।
अध्यक्ष बिष्टले मनमोहन अधिकारी, मदन भण्डारीलगायत एमालेकै नेताहरुले नेपालको सन्दर्भमा राजा अवश्यक भएको भनेकाले पनि नेपालमा राजाको स्थान आवश्यक भएको जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब ‘टेलिचलचित्र’ पनि सेन्सर गर्नुपर्ने
-
१० बजे, १० समाचार : नीति तथा कार्यक्रम सार्वजनिक, भारतले एमालेभन्दा कांग्रेसलाई किन दियो महत्व ?
-
मकवानपुर महिला गोल्डकप : चितवन सेमिफाइनलमा
-
मुख्यमन्त्री शाह र भारतीय अधिकारीबिच ऊर्जा क्षेत्रको विकासबारे छलफल
-
हरिपुरमा रामजानकी मन्दिर निर्माण सुरू
-
ट्रेलरमा यस्तो देखियो ‘के घर के डेरा : घर नम्बर २’