बहुमत निकट विद्यार्थी सङ्गठनले बुझायो ८ बुँदे ज्ञापनपत्र
काठमाडौँ । नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) ले त्रिभुवन विश्वविद्यालयका प्रा.डा. खड्क केसीलाई शुक्रबार ज्ञापनपत्र बुझाएको छ । अखिल (क्रान्तिकारी) त्रिभुवन विश्वविद्यालय विशेष समितिले त्रिविमा ८ बुँदे ज्ञापनपत्र बुझाएको हो ।
अखिल (क्रान्तिकारी) ले विदेशी दातृ निकायको इच्छा र सर्त अनुरूप लागू गरिएको चार वर्षे स्नातक तह नेपालका लागि व्यवहारिक र वैज्ञानिक नभएको हुँदा तीन वर्षे स्नातक तह लागू गर्नुपर्ने, आङ्गिक क्याम्पसहरूमा सञ्चालित निजी कार्यक्रमहरूलाई विश्वविद्यालय तथा नेपाल सरकारले व्ययभार बहन गर्ने गरी सञ्चालन गर्नुपर्ने माग राखेको छ ।
क्रान्तिकारीले त्रिभुवन विश्वविद्यालयको जमिन हिनामिना बारे गठित छानबिन समितिको प्रतिवेदन अविलम्ब सार्वजनिक गरी हडपिएको जमिन फिर्ता ल्याउनुका साथै देशभरका आङ्गिक क्याम्पसहरूको दुरुपयोग भइरहेको सार्वजनिक सम्पत्ति संरक्षण गर्नुपर्ने माग पनि गरेको छ ।
ज्ञापनपत्र बुझाउने विषयमा अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिव एवम् त्रि.वि. विशेष प्रदेश इन्चार्ज हरि विष्ट, त्रिभुवन विश्वविद्यालय संयोजक लक्ष्मी शाह, त्रि।वि विशेष समिति संयोजक वीरेन्द्र नेपाली, क्याम्पस जिल्लाका अध्यक्ष दिनेश नेपाली लगायत सहभागी रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण