शनिबार, २० वैशाख २०८२
ताजा लोकप्रिय

ट्रेलरमा यस्तो देखियो ‘के घर के डेरा : घर नम्बर २’

शुक्रबार, १९ वैशाख २०८२, २१ : ३९
शुक्रबार, १९ वैशाख २०८२

काठमाडौं । फिल्म ‘के घर के डेरा : घर नम्बर २’को ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार ललितपुरमा एक कार्यक्रम बिच ट्रेलर सार्वजनिक गरिएको हो ।

३ मिनेट २० सेकेन्डको ट्रेलर मर्मस्पर्सी छ । ट्रेलरले फिल्मको कथावस्तु प्रकाश पार्छ । फिल्म सहरमा बसोबास गर्ने डेरावाल र घरधनीको कथामा बनेको हो । ट्रेलरले पनि त्यही बिषय प्रस्ट्याएको छ ।

ट्रेलरमा अभिनेता आर्यन सिग्देललाई घरधनीको रुपमा प्रस्तुत गरिएको छ । ट्रेलरमा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासनासिंह ठकुरी, केकी अधिकारीलगायत कलाकार अटाएका छन् । ट्रेलरमा बरिष्ठ कलाकार हरिहर शर्मा पनि देखिएका छन् ।

साहित्यकार बुद्धिसागरको लेखन रहेको फिल्म दीपेन्द्र के खनालले निर्देशन गरेका हुन् । नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जनले निर्माण गरेको हो ।
फिल्म आगामी जेठ २ गतेदेखि प्रदर्शन तयारीमा छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप