ट्रेलरमा यस्तो देखियो ‘के घर के डेरा : घर नम्बर २’
शुक्रबार, १९ वैशाख २०८२, २१ : ३९
काठमाडौं । फिल्म ‘के घर के डेरा : घर नम्बर २’को ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार ललितपुरमा एक कार्यक्रम बिच ट्रेलर सार्वजनिक गरिएको हो ।
३ मिनेट २० सेकेन्डको ट्रेलर मर्मस्पर्सी छ । ट्रेलरले फिल्मको कथावस्तु प्रकाश पार्छ । फिल्म सहरमा बसोबास गर्ने डेरावाल र घरधनीको कथामा बनेको हो । ट्रेलरले पनि त्यही बिषय प्रस्ट्याएको छ ।
ट्रेलरमा अभिनेता आर्यन सिग्देललाई घरधनीको रुपमा प्रस्तुत गरिएको छ । ट्रेलरमा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासनासिंह ठकुरी, केकी अधिकारीलगायत कलाकार अटाएका छन् । ट्रेलरमा बरिष्ठ कलाकार हरिहर शर्मा पनि देखिएका छन् ।
साहित्यकार बुद्धिसागरको लेखन रहेको फिल्म दीपेन्द्र के खनालले निर्देशन गरेका हुन् । नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जनले निर्माण गरेको हो ।
फिल्म आगामी जेठ २ गतेदेखि प्रदर्शन तयारीमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
औनाही चम्किँदा मोरक्को क्वाटरफाइनलमा
-
औनाहीको व्यक्तिगत दोस्रो गोलसँगै मोरक्को क्यानडाविरुद्ध २-० ले अघि
-
५० औँ मिनेटमा अज्जेदिन औनाहीको गोल, क्यानडाविरुद्ध मोरक्को १-० ले अघि
-
१२ बजे १२ समाचार: नेतृत्व हस्तान्तरणमा अनिच्छादेखि मुख्यमन्त्री कार्यालयमा ‘कन्सल्टेन्ट मोह’सम्म
-
क्यानडा–मोरक्को भिडन्त: पहिलो हाफमै आधा दर्जन पहेँलो कार्डको वर्षा
-
पहिलो हाफमा क्यानडा र मोरक्कोले खोल्न सकेनन् खाता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण