इजरायलको जङ्गलमा भीषण आगलागी, आपत्काल घोषणा
तेल अभिभ । इजरायलको जेरुसेलम बाहिरको वन क्षेत्रमा भीषण आगलागी भएको छ । आगो अनियन्त्रित बन्दै गएपछि सरकारले राष्ट्रिय आपत्काल घोषणा गर्नु परेको छ ।
आगोका कारण जेरुसेलमको आकाशमा धुवाँको कालो बादल देखिएको छ । यस डढेलोलाई इजरायलको इतिहासमा सबैभन्दा विनाशकारी आगलागीको रूपमा वर्णन गरिएको छ ।
गर्मी मौसम र तेज हावाका कारण यो आगो भड्किएको छ र द्रुत गतिमा फैलिरहेको छ । आगो द्रुत गतिमा जेरुसेलमतिर सर्दै गएको चेतावनी इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहूले दिएका छन् । अहिले आफ्नो प्राथमिकता जेरुसेलमलाई बचाउनु भएको उनले बताएका छन् ।
घटनास्थलमा ठुलो संख्यामा दमकल कर्मचारीहरू उपस्थित छन् र आगो नियन्त्रण गर्ने प्रयास गरिरहेका छन् । तर, तेज हावाका कारण प्रयास असफल भइरहेको छ ।
डढेलो देखेर मानिसहरू बासस्थान छाडेर सुरक्षित स्थानतिर गइरहेका छन् । डढेलो यरूशलेम पुग्यो भने यसले भयानक क्षति पुर्याउन सक्नेछ । यस घटनामा अहिलेसम्म २३ जना घाइते भएको बताइएको छ । यीमध्ये १३ जनालाई जले अनि धुवाँका कारण निसास्सिएर अस्पताल लगिएको थियो ।
डढेलोको कारण कारण तेल अभिभ र जेरुसेलम जोड्ने राष्ट्रिय राजमार्ग बन्द गरिएको छ । धेरै मानिसहरू आफ्नो घर र सवारी साधन छोडेर सुरक्षित स्थानहरूमा भागिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
-
तीन मौसमी वायुको असर : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण