आज वैशाख शुक्ल पञ्चमी, रामानुजाचार्य जयन्ती

काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल पञ्चमीका दिन मनाइने जगद्गुरू रामानुजाचार्य जयन्ती विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । रामानुजाचार्य विशिष्टाद्वैत वेदान्तका प्रवर्तक हुन् । उनी श्रीवैष्णव थिए । उनको भक्ति परम्परामा धेरै प्रभाव रहेको छ ।
वैष्णव आचार्यहरूमा प्रमुख रामानुजाचार्यको शिष्य परम्परामा नै रामानन्द भएका हुन् जसका शिष्य सन्त कबीर र सूरदास थिए । तद्अतिरिक्त कुलशेखर आलवार रामानुजका एक महत्त्वपूर्ण शिष्य थिए । रामानुजले वेदान्त दर्शनमा आधारित आफ्नो नयाँ दर्शन विशिष्टाद्वैत वेदान्त लेखेका थिए ।
सन् १०१७ मा दक्षिण भारतको तमिलनाडु राज्यको पेरम्बदुरू भन्ने ठाउँको तिरूकुदुरू भन्ने गाउँमा उनको जन्म भएको थियो । उनी विशिष्टाद्वैत वेदान्तका प्रवर्तक तथा हिन्दू धर्मअन्तर्गत श्रीसम्प्रदायका आचार्य थिए । त्यसबेला जैन धर्म र बौद्ध धर्मको प्रचारका कारण वैष्णव सम्प्रदाय सङ्कटग्रस्त अवस्थामा थियो । रामानुजले त्यसको सफलतापूर्वक प्रतिकार गरे ।
रामानुजले वेदान्त दर्शनमा आधारित आफ्नो नयाँ दर्शन विशिष्टाद्वैत वेदान्त लेखेका थिए । रामानुजाचार्यले वेदान्तबाहेक सातौँ, दशौँ शताब्दीका रहस्यवादी र भक्तिमार्गी आलवार सन्तसित भक्तिको दर्शनलाई तथा दक्षिणको पञ्चरात्र परम्परालाई आफ्ना विचारको आधार बनाएको पण्डित बालमुकुन्द देवकोटा बताउँछन् ।
रामानुजले बाल्यकालको शिक्षा काञ्चीपुरम्मा प्रकाशराज नामक प्रखर विद्वान् वैदिक गुरूद्वारा वैदिक शिक्षा प्राप्त गरेका थिए । पछि उनी आलवन्दार यामुनाचार्यको मुख्य शिष्य थिए । रामानुजले गुरूको इच्छाअनुसार ब्रह्मसूत्र, विष्णुसहस्रनाम र दिव्यप्रबन्धको टिप्पणी (व्याख्या) गर्ने सङ्कल्प लिएका थिए । धर्मको क्रमअनुसार उनले गृहस्थ आश्रम त्यागेर श्रीरङ्गम रहेका यतीराज नामक सन्यासीसँग सन्यास आश्रमको दीक्षा प्राप्त गरी सन्यासी भएका हुन् ।
यसपछि उनको नाम यतीराज पनि रहन गयो । उनले मैसूर नामक स्थान रहेको श्रीरङ्गम छोडेर शालिग्राम नाम गरेको ठाउँमा गएर १२ वर्षसम्म श्रीसम्प्रदायको प्रचार गरेका थिए । वैष्णव धर्मको प्रचारका लागि समग्र भारत हुँदै नेपालको मुक्तिनाथसम्म आएका थिए । सन् ११३७ मा एक सय २० वर्षको उमेरमा उनी ब्रह्मलीन भए ।
रामानुजाचार्यले धेरै ग्रन्थको रचना गर्नुभएको छभने ब्रह्मसूत्रमाथि लेखिएका दुई मुख्य ग्रन्थ श्रीभाष्यम् र वेदान्त सङग्रह निकै लोकप्रिय छन् । रामानुजाचार्यको दर्शनमा सत्ता अथवा परमसत्को सम्बन्धमा तीन स्तर मानिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
प्राधिकरणको श्वेतपत्र : कहाँ मिलेन हितेन्द्र र कुलमानको हिसाब ?
-
राष्ट्रियसभा बैठक प्रतिवेदन र विधेयक स्वीकृत गरेर सोमबारसम्म स्थगित
-
एनआरएनए विवाद रोचक मोडमा : सत्ता पक्षबाटै दुई अध्यक्ष !
-
सङ्घीयदेखि नगरअस्पताललाई मन्त्रालयले भन्यो - स्वदेशी कपडा प्रयोग गर्नु
-
थाइल्यान्डका असादालाई हराउँदै नेपालका मिलन च्याम्पियन