विद्यालय कर्मचारीले हातमा कालोपट्टि बाँधेर काम गरे
काठमाडौँ । देशभरका विद्यालय कर्मचारीहरूले हातमा कालो पट्टि बाँधेर काम गरेका छन् । नेपाल शिक्षक महासङ्घसँग सरकारले गरेको ९ बुँदे सहमतिप्रति असहमति जनाउँदै देशभरका विद्यालय कर्मचारीहरूले आन्दोलन थालेका हुन्।
नेपाल विद्यालय कर्मचारी परिषद्ले पहिलो चरणको आन्दोलन घोषणा गरेअनुसार आज विद्यालय कर्मचारीहरूले हातमा कालो पट्टी बाँधेर काम गरेका हुन्। ९ बुँदे सहमतिमा विद्यालय कर्मचारीहरूको पारिश्रमिक नेपाल सरकारले तोकेअनुसार हुने भन्ने थियो।
विद्यालय कर्मचारीहरूले तोकेबमोजिम भनेको कति हो भनेर प्रश्न गरेका छन्। यसअघि आन्दोलनका क्रममा महासङ्घले विद्यालय कर्मचारीको तलब निजामती कर्मचारी सरह (नासु–खरिदार) हुनुपर्ने माग गरेको थियो । तर, सहमति गर्दा भने त्यो विषय संशोधन गर्दै सरकारले तोकेबमोजिम हुने भनेर उल्लेख गरिएको थियो ।
परिषद्ले उक्त विषयमा आपत्ति जनाउँदै आन्दोलनको घोषणा गरेको छ। सोहीअनुसार आजदेखि आन्दोलनको सुरुवात गरेका हुन्। परिषद् अध्यक्ष गंगाराम तिवारीले महासङ्घले विद्यालय कर्मचारीलाई धोका दिएको बताएका छन् ।
उनले विगतमा सरकारले आफूसँग गरेको सहमतिअनुसार माग सम्बोधन नहुँदासम्म आन्दोलन गर्ने चेतावनी दिएका छन्। परिषद्ले जेठ ९ र १० गते माइतीघर मण्डलामा धर्ना दिने कार्यक्रम राखेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण