थाइल्यान्डका असादालाई हराउँदै नेपालका मिलन च्याम्पियन
काठमाडौँ । बुढानिलकण्ठ फाइट नाइटको मुख्य स्पर्धामा नेपालका मिलन तामाङ विजयी भएका छन् । बूढानिलकण्ठ हात्तीगौंडा खेलकुद समितिको आयोजनामा भएको प्रतियोगिताको पुरुष ६० केजी प्रतिस्पर्धामा मिलनले थाइल्यान्डका असादा रक्मितलाई दोस्रो राउन्डमा नकआउट गरे ।
मिलनले उपाधिसँगै एक लाख रुपैयाँ नगद पुरस्कार पनि हात पारे । दोस्रो भएका असादाले भने नौ सय सय अमेरिकी डलर पुरस्कार हात पारे । प्रतियोगिताको पुरुष ५२ केजीमा नेपालका योमन मोक्तानले नेपालकै कुञ्जन घिमिरेलाई हराए । पुरुष ५४ केजीमा नेपालका पुरनजित राईले सफलता हात पारे ।
यसैगरी ७० केजीमा नेपालका महेन्द्र गजमेरले बाजी मारे । उनले नेपालकै रोनिश सुब्बालाई पन्छाए । नेपाल राष्ट्रिय मुवाँथाईं संघको प्राविधिक सहयोग र गलाक लाइफ स्टायलको व्यवस्थापनमा भएको प्रतियोगिताको पुरुष ५७ केजीमा नेपालका गुमन घर्ती मगरले जित हात पारे । उनले भारतका बरेम्रोन डेनियललाई हराए ।
यसैगरी, पुरुष ६० केजीको भिडन्तमा नेपालका गौतम थिङ पहिलो भए । पुरुष ६७ केजीमा नेपालका सन्तोष खत्रीले भारतका असेम तोन्डोन्बालाई पराजित गरे । बूढानिलकण्ठ नगरपालिकाको सहयोगमा भएको प्रतियोगिताको महिला ६० केजीमा नेपालकी सारिका धमला र महिला ५१ केजीमा नेपालकै सुस्मिता थापा विजयी भए ।
सारिकाले भारतकी जेनिस्ता निन्गोम्बमलाई र सुस्मिताले भारतकै गीता नर्जिनारीलाई हराए । प्रतियोगितामा समावेश नौ स्पर्धामा नेपाल, भारत र थाइल्यान्डका १८ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए । एक स्पर्धामा दुई खेलाडीबिच प्रतिस्पर्धा गराइएको थियो । बाँकी आठवटा स्पर्धाका विजेता र उपविजेताले पनि नगद पुरस्कार पाए ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, बूढानिलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारी, बुढानीलकण्ठ नगरपालिकाका खेलकुद संयोजक एवं वडा नम्बर ८ का अध्यक्ष सुमन तामाङ, नेपाल राष्ट्रिय मुवाँथाईं संघका अध्यक्ष गणेशलाल कक्षपति, आयोजक खेलकुद समितिका अध्यक्ष निलम अधिकारीलगायतले पुरस्कार वितरण गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण