राष्ट्रियसभा बैठक प्रतिवेदन र विधेयक स्वीकृत गरेर सोमबारसम्म स्थगित
काठमाडौँ । राष्ट्रियसभाको बैठक सोमबार अपराह्न एक बजेर १५ मिनेटसम्मका लागि स्थगित भएको छ । आज बसेको राष्ट्रियसभाको बैठकले ‘दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा कानुनी व्यवस्थाको आवश्यकता सम्बन्धी प्रतिवेदन, २०८१ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गर्यो ।
प्रतिवेदन विकास आर्थिक मामिला तथा सुशासन समिति सभापति कमला पन्तले सभामा पेस गरेकी थिइन् । यो प्रतिवेदन सभाले २०७९ चैत ८ गते स्वीकृत गरेको सङ्कल्प प्रस्ताव हो । प्रतिवेदनमा उठेका विषयमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले जवाफ दिएका थिए ।
त्यस्तै सभामा राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८०’ र भन्सार विधेयक, २०८०’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशहरू टेबुल गरे ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले ‘संवैधानिक परिषद् ‘काम, कर्तव्य, र अधिकार र कार्यविधि सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरे । त्यो प्रस्ताव सभाले सर्वसम्मतिले स्वीकृत गरेको छ । विधेयकमा संशोधनको समय पनि सभाले खुला गरेको छ ।
सभामा अध्यक्ष नारायणप्रसाद दाहालले सभाको आकस्मिक र शून्य समयमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन मन्त्रीहरूलाई रुलिङ गरे । उनले नियमावलीले तोकेको समयभित्र सभामा उपस्थित भएर जवाफ दिन मन्त्रीहरूको ध्यानाकर्षण गराएका हुन् ।
त्यस्तै सभाले भारतको उडिसा राज्यस्थित कालिङ इन्स्टिच्युट अफ इन्डस्टरियल टेक्नेलोजी (किट) मा अध्ययनरत छात्रा प्रिसा साहको मृत्युबारे निष्पक्ष सत्य तथ्य छानबिन निजलाई उचित न्याय प्रदान गर्न नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बी.पी. भित्तामा होइन, चिन्तनमा र व्यवहारमा हुनुपर्छ : भीष्मराज आङ्देम्बे
-
सिरहामा गोली चल्यो, दुई जना घाइते
-
त्रिविको परीक्षा प्रणालीमा ढिलासुस्ती, साउन १५ भित्र नतिजा सार्वजनिक गर्न माग
-
नवजात शिशुको हत्या आरोपमा दोषी ठहरिएकी महिला निर्दोष
-
बागमती प्रदेशका मन्त्रीहरूको कार्य विभाजन : कसले कुन मन्त्रालय पाए ? (सूचीसहित)
-
बागमतीमा ‘हेलो सीएम’ डेक्स, जनताका गुनासो तत्काल सुनुवाइ हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण