सयौँ पुतली

कर्किनी आमै । हाल समाजले उनलाई दिएको नाम यही थियो र यसमा उनलाई कुनै गुनासो पनि थिएन ।
ललितपुरको दक्षिणतिर पर्ने छम्पी गाउँको काँचो इँटा र माटोले बनेको पुरानो शैलीको त्यो घरमा उनले जीवनका सत्तरी वर्ष बिताइन् । उनी अहिले असी लागिन् तर अझै पनि आफैँ पकाएर खान्छिन् । भन्छिन्, ‘हात पाखुरा लागुन्जेल अर्काको भर पर्नुहुँदैन ।’
उनका बारीमा मकैका लामालामा घोगा फल्थे । फर्सीका मुन्टा लहलह लहरिन्थे । उनका बारीमा फलेका फूलकोपी र बन्दाकोपीका डल्ला अरूका बारीमा भन्दा दुगुना ठूला हुन्थे । वर्षैभरि उनका बारीमा सिजन अनुसारका सागपात हलहल लहरिरहेका हुन्थे । बारीको छेउमा सानो कटेरो बनाएर एउटा गाई पनि पालेकी थिइन् । गाई ब्याउन छोड्यो । गाईको चाकर गर्न उनी नसक्ने भइन् । आँखाभरि आँसु पार्दै पोहोर साल मात्र त्यो गाईलाई सदाका लागि फुकुवा गरिदिइन् ।
उनी राजधानीसँगै जोडिएको जिल्ला नुवाकोटको तारुकामा जन्मिएकी हुन् । अँध्यारो अनुहार पारेर उनले एक दिन भनेकी थिइन्, ‘म त माघे सङ्क्रान्तिमा जन्मिएकी थिएँ । गाउँमा गोरु जुघाउने खेल हुँदै थियो । मेरा बाले पनि माघे सङ्क्रान्तिको मेलामा जुधाउनकै लागि भनेर गोरु पालेका थिए । असाध्यै जब्बर गोरु थियो रे । मेलामा जुध्दाजुध्दै गोरुको सिङ भाँच्चियो । बाले पालेको गोरु हार्यो । मेलाबाट फर्किने बेलामा गोरु बौलायो । उसले मेरा बालाई हिर्काएर भिरबाट लडाइदियो । बा ठाउँको ठाउँ ठहरै भए । जन्मँदै टुहुरी भएकी थिएँ म ।’
आफ्नो न्वारानको नाम त उनैलाई पनि थाहा छैन । होस समाल्दा उनले सुनेको आफ्नो नाम थियो – सेती ।
‘आइमाईको एउटै नाम काँ हुन्छ र ?’ उनको सक्कली नाम सोध्नेलाई यसै भन्थिन् ।
खिरिलो सानो शरीर । पातला ओठमाथि चुच्चो नाक । गहिरो खाडलभित्र टल्किएका जूनकिरीजस्ता आँखा । अनि सयौँ मुजा परेको उनको अनुहार । तर नियालेर हेर्दा उनको त्यही मुहारभित्र अर्काे मुहार लुकेको जस्तो लाग्थ्यो । एउटा उज्यालो र मुलायम मुहार । रहर र सपनाहरूले भरिएको अर्काे मुहार ।
कर्किनी आमै बिहानदेखि बेलुकासम्म सागबारी खनी–खोस्री गर्थिन् । अहिलेसम्म उनको जाँगरलाई कुनै रोगले आफ्नो जालमा पार्न सकेको थिएन । उनको जाँगरभन्दा सुन्दर त बोली थियो । हो, त्यही बोलीको प्रभावले तानिँदै म उनको सागबारीसम्म पुग्थेँ, एक मुठो साग किन्न ।
त्यस दिन पनि म उसै गरी कर्किनी आमैको बारीमा पुगेँ । साग किनेपछि मैले दिएको पैसालाई उनले आफ्नो पटुकीको एकातिरको फेरमा जतनसाथ गाँठो पारिन् र जीवनले दिएको दुर्भाग्यलाई अर्काे फेरबाट फुकाउँदै लगिन् । मलाई उनको यो गतिविधि कलात्मक लाग्यो । त्यही पटुकीमा उनको आत्मविश्वास र आत्मसम्मान बाँधिएको अनुभव भयो ।
उनले जीवनको धेरै लामो कालखण्डसम्म आफ्नो दुर्भाग्यलाई बिहानै उठेर फेर्ने मैलो धोतीको फेरसँगै लतार्दै घिसार्दै आएकी थिइन् । भोकले तिनको पेट खुकुलिँदा बेला कुबेला ती दुर्भाग्यहरू छरपस्ट भइदिन्थे । तर समयसँगै कनिकाझैँ छरिएका आफ्ना दुर्भाग्यका बिस्कुनलाई जसोतसो बटुल्दै यो उमेरसम्म आइपुगेकी थिइन् ।
००
बा मरेपछि उनकी आमा तारुकामा बस्न सकिनन् । जोरीपारीले टिक्नै दिएनन् । अन्ततः उनकी आमा आरुबारीतिरका एकजना अधबैँसेसित गइन् । उनले अब सानै उमेरमा सौतेनी बातिरका भाइबहिनी स्याहार्नुपर्ने भयो । उनलाई झुम्राका पुतलीसँग खेल्ने धित मरेकै थिएन । एक दिन उनलाई सौतेला बाले फकाउँदै भने, ‘काठमान्डुमा त कति धेरै पुतली पाइन्छ ! पुतली किन्न जान्छेस् सेती ?’ त्यतिबेला उनको खुसीको कुनै सीमा रहेन । दौडिइन आफ्ना दामले साथीहरूलाई यो खबर सुनाउन । सेती पुतली किन्न काठमाडौँ जाने कुरामा उनी जत्तिकै खुसी भए उनका साथीहरू पनि । साथीहरूलाई पनि पुतली ल्याइदिने वाचा गरिन् सेतीले ।
काठमाडौँ उनका लागि सपनाको सहर थियो । त्यहाँको भव्यता र रौनकका बारेमा उनले धेरै सुनेकी थिइन् । तर देखेकी थिइनन् । अत्यन्तै उत्साहका साथ सौतेला बा र आमासित नुवाकोटबाट काठमाडौँ आइन् सेती । तर काठमाडौँमा उनले कतै पनि पुतली देख्न पाइनन् । बरु उनी आफैँ बाआमाको हातको पुतली भइन् । उनलाई बाआमाले गुहेश्वरी मन्दिरमा टिकोटालो गरेर एउटा वयष्क युवकको हातमा सुम्पिदिए ।
त्यसपछि उनी आफूभन्दा दोब्बर उमेरको जब्बर कार्की माइलाको हातको पुतली भइन् । रुँदै र लुरुलुरु मसिना पाइला टेक्दै कार्की माइलाको पछिपछि छम्पी आइपुगिन् । उनी अब नुवाकोटकी सेतीबाट कर्किनी माइली भइन् । काठमाडौँ त देखिन् उनले तर उनलाई काठमाडौँले प्रभावित पारेन । उनले घण्टाघर देखेको दिनदेखि नै उनको दुर्भाग्यका समय सुरु भए । उनी धरहरानिर उभिएको दिनदेखि उनको अस्तित्व बामपुड्के भयो । न्युरोड र आसपासको भव्यताले उनी मूल्यहीन भइन् । उनी नुवाकोट हुँदा काठमाडौँलाई सपनामा देख्थिन् । तर, काठमाडौँ आएपछि उनलाई आफ्नै सपनाले तर्सायो । सोचिन् सपना त तर्साउने कुरा पो रहेछ ।
दिनभरि कर्किनी घरबाट ननिस्केपछि केही छिमेकीलाई शङ्का लाग्यो । छिमेकीहरूसँगै म पनि उनको घरमा गएँ । ढोका भित्रबाट लागेको थियो । नजिकको चौकीको पुलिस, वडाध्यक्ष, गाविससचिव र छिमेकीहरूको रोहबरमा उनको घरको ढोका फोरियो ।
छम्पीमा उनको घरनजिकै एउटा पुरानो दह थियो । उनी जबजब त्यो दहतिर हेर्थिन्, उनलाई आफ्नो जीवन दहझैँ स्थिर लाग्थ्यो । दहमा सिमकुखुराहरू ओहोरदोहोर गरेर वातावरणलाई रमणीय बनाउँथे । तर उनको जीवनमा दुर्भाग्यको आवतजावतबाहेक केही भएन ।
कर्किनी माइलीले आफ्नो कर्मघरको भान्सामा बिहान–बेलुका धुँवाउँदै बलेको आगाको न्यानो त तापिन् तर त्यस घरमा बस्ने आफन्तको साथ र न्यानोपन कहिल्यै महसुस गर्न पाइनन् । बिहान चार बजेदेखि उठेर घरधन्दामा लाग्दा पनि बेलुकाको धन्दा सक्दा आधा रात भइसक्थ्यो । थकाइ मेट्न यसो ढल्केकी मात्र के हुन्थिन्, कोठामा रक्सीको गन्ध र लोग्नेको गाली एकैपल्ट हुत्तिँदै आइपुग्थ्यो । लोग्ने घर पस्दा झुपडीमा बाढी पसेजस्तो अनुभव हुन्थ्यो कर्किनी माइलीलाई । कार्की माइलो कराउँथ्यो, ‘ए रन्डी, लाज सरम हरायो तेरो ? लोग्ने भनेको भगवान् हो भन्ने थाहा छैन तँलाई ? तेरी आमाले केही सिकाइन तँलाई ? भगवान्लाई नपर्खी सुत्छेस् ?’ अनि सुरुवालको तुना खोल्दै देखाउँथ्यो, ‘यो हो तेरो लोग्ने । ढोग यसलाई ।’
ऊ त्यति बेलासम्म उनको फरिया लुछ्न आइपुगिसकेको हुन्थ्यो । सुरुसुरुमा त उनले सहनुबाहेक केही उपाय भेटिनन् । आइमाईको जात सहनै जन्मेको भन्ने ठानिन् । तर, छोराछोरी हुर्कंदै गएपछि भने तिनको आडमा झिनो स्वर निकाल्न थालिन्, ‘सधैँ जाँड खाने पैसो ता कमाउन सक्दा रहेछौ । छोराछोरी र स्वास्नीको नाङ्गो आङ कहिल्यै देखेनौ । यस्ता मान्छेले किन बे गर्नु ?’
सासू त्यहीँ हुन्थिन् । तर बुहारीको पक्ष लिएर बोलिदिएको कहिल्यै थाहा पाइनन् कर्किनी माइलीले । सासू प्रायः मौन बसिदिन्थिन् । सासूको ओठमा केहीले काटेको एउटा गहिरो दाग थियो । कर्किनी माइलीले त्यो दागको बारेमा अरूबाटै सुनेकी हुन् । उनको लोग्नेले हिर्काएर त्यस्तो भएको अरे । त्यो दागले गर्दा उनी हाँस्दा विरूप देखिन्थिन् । त्यसैले सासू हाँसेको कहिल्यै देखिनन् कर्किनी माइलीले । मौनता उनको ओठ र मुहार सबैतिर टाँस्सिएको थियो ।
कर्किनी माइलीलाई छोराहरू हुर्कंदै गएपछि स्थिति सुध्रिएला भन्ने लागेको थियो । तर, त्यस्तो भइदिएन । अलिक हुर्किएपछि त जेठो छोरो पनि उसै गरी लर्बरिँदै घर आउन थाल्यो ।
सासू निकै लामो समयसम्म थला परिन् । बिमार झन्झन् बढ्दै गयो । एक दिन बुहारीको हात समातेर बिस्तारै भनिन्, ‘मलाई पनि पुतली खेल्ने रहर थ्यो । कहिल्यै खेल्न पाइनँ । खेल्ने खाने उमेरमै बुहार्तन खप्न आउनुपर्यो । यहाँ आएपछि हाँस्न त कहिल्यै पाइनँ । मन फुकार रुन पनि पाइनँ ।’ त्यसका केहीबेरमै उनी मरिन् । मर्दा पनि उनले बुहारीको हात समातिरहेकै थिइन् । सासूले कहिल्यै माया गरेको थाहा पाइनन् कर्किनी माइलीले तर सासू मरेपछि भने एक्लो र अझै असहाय अनुभव गरिन् ।
००
पाँचजना चिचिला छोराछोरीको पेट पाल्न कर्किनी माइली बिहान अँध्यारैदेखि अर्काको घरमा भाँडा माझ्न जान्थिन् । लखतरान भएर बेलुका घर आउँदा लोग्ने बौलाइरहेको हुन्थ्यो, ‘ए रन्डी, कसको ओछ्यान तताउँदै थिइस् हँ यति बेरसम्म ?’
साँझमा सबैका घरमा दियो बालेर पूजाको घण्टी बज्दा उनका घरमा कोकोहोलो र रुवाबासी चल्थ्यो । आमालाई बाले लात हान्न थालेपछि छोराछोरी आमाको फरिया समात्दै चिच्याउन थाल्थे । बेलाबेलामा उनको मनले साह्रै हरेस खान्थ्यो । ‘यो बित्थाको जुनी के घिसारिरहनु ? बरु यै बोके दहमा हाम्फालेर मरिदिन्छु ।’ उनले सुनेकी थिइन्, राति दश बजेपछि बोके दहमा नाग आउँछ । त्यति बेला दहमा गयो भने नागले डसेर मरिन्छ । अति भएपछि एक दिन राति बोके दहमा गइन् उनी । तर धेरै बेर बस्दा पनि न नाग आयो, न दहमा हाम्फाल्नै सकिन् । आफ्ना कलिला, नाङ्गाभुतुङ्गा छोराछोरीको अनुहार नै उनका लागि दह जाने बाटो छेक्ने मोटो डोरी बनिदियो । मर्ने भावना त्यागेर छोराछोरी सम्झिँदै हतारहतार घर फर्किन् ।
कर्किनी माइलीलाई छोराहरू हुर्कंदै गएपछि स्थिति सुध्रिएला भन्ने लागेको थियो । तर, त्यस्तो भइदिएन । अलिक हुर्किएपछि त जेठो छोरो पनि उसै गरी लर्बरिँदै घर आउन थाल्यो । बिस्तारै अरु दुई छोराले पनि बाबुको बिँडो समातिहाले । सुरुसुरुमा त उनले धेरै सम्झाइन् । हप्काइन् । कुटिन पनि तर पुर्खाको बिँडो थाम्ने काममा छोराहरू इमानदार भएर लागिसकेका थिए । उनको केही लागेन ।
बीस वर्ष नपुग्दै तीनवटै छोराले बुहारी भित्र्याए र केही दिनमै घर छाडेर निस्किए । दुई छोरी पनि पन्ध्र वर्ष नकट्दै पोइला गए । समय र परिस्थितिसँग जुध्दाजुध्दा कर्किनीको मुख पनि अब छुराजस्तो धारिलो हुन थालेको थियो । पहिलेपहिले कार्की माइलाको मात्र एकोहोरो प्रहार हुन्थ्यो भने अब दोहोरो भिडन्त हुन थालेको थियो । जाँडले र उमेरले शिथिल हुँदै गएको कार्की माइलो धेरै बेर कर्किनीसँग भिड्न सक्दैनथ्यो र कुनामा पसेर टाउको र पिँडुला सुमसुम्याउँदै बिँडी सल्काउन थाल्थ्यो । उनी फतफताउँथिन्, ‘यो जँड्याहा मरेका दिन म एक थोपो आँसु झार्दिनँ । बरु नाच्छु सबैका अगाडि । कति खुसी भएर नाच्छु ।’
कार्की माइलालाई जन्डिस भयो । जन्डिसले पहेँलो भएका बेला पनि उसले रक्सी खान छाडेन । अन्त्यमा कलेजो कुहिएर मर्यो ।
आँगनमा लोग्नेको लास थियो । शङ्खको एकोहोरो धुन बजिरहेको थियो । छरछिमेकी, नातागोता सबै भेला भए । तर, कर्किनी माइली कोठाबाट निस्कँदै निस्किनन् । छिमेकीहरूले भने, ‘कर्किनीको कोठामा गीत बजिरहेको छ ।’
‘के तपाईं साँच्चै नाच्नुभएको थियो त्यो दिन ?’ मैले सोधेँ ।
कर्किनी आमै आफ्नो खाटमा चिर निद्रामा परिसकेकी रहिछन् । सबै जिल्ल पर्यौँ । जिल्ल पर्ने अर्काे कारण पनि थियो ।
तर उनले मेरो प्रश्नको जवाफ दिइनन् । हाँसिरहिन् । धेरै बेरपछि भनिन्, ‘म त त्यो दिन साँच्चै सद्दे भएकी थेँ नि नानी । जता हेर्यो त्यतै उज्यालै उज्यालो देखेकी थिएँ । त्यस्तो सुकिलो दिन त त्योभन्दा अघि देखेकै थिनँ । जिउ पनि कपासजस्तो हलुङ्गो भएको थ्यो । म साँच्चै खुसी भएकी थेँ त्यो दिन । त्यति खुसी मन र त्यति हलुका जिउ कहिल्यै पनि भएको थिएन नानी ।’
कर्किनी आमैको कुरो सुनेर म गम्भीर भएँ । निकै बेरसम्म उनको अनुहारमा एकोहोरो हेरिरहेँ । त्यो बेला उनको अनुहार धपक्क बलेको थियो ।
छिमेकीहरूले कुरा काटे, ‘लोग्ने मरेपछि त लोग्नेका लुगाफाटाहरू नदीमा बगाइदिनुपथ्र्याे नि । तर कर्किनीले लोग्नेले मर्दा लगाएको लुगासमेत घरमा थुपारेर राखिछन् । साह्रै नकाम गरिन् ।’
‘किन राख्नुभएको लोग्नेका लुगाहरू ?’ मैले फेरि सोधेँ । उनले मेरो यो प्रश्नको पनि जवाफ दिइनन् । हाँसेरै टारिदिइन् ।
त्यसपछिका दिनमा उनी एक्लै भइन् । तर, एक्लो भए पनि अति सुखी र अति खुसी भइन् । पहिले कहिल्यै नदेखिने मुस्कान उनको अनुहारमा देखिन थाल्यो । अब उनलाई आफ्नो एक्लोपन आत्मीय लाग्न थालेको थियो ।
घरसँगै जोडिएको थियो उनको सागबारी । तर त्यो बारी उनको आफ्नो थिएन । धेरै वर्ष उनले काम गरेका घरका मालिकले ‘खनीखोस्री खा’ भनेर दिएका थिए । त्यही बारीमा लगाएको सागपात बेचेर उनी आफ्नो पेट पाल्थिन् ।
उनी सबैलाई भन्ने गर्थिन्, ‘धेरै हन्डर खाएँ । कति हो कति दुःख पाएँ । तर अहिले सारै खुसी छु । अब मेरो एउटै प्रार्थना छ । भगवान्ले यही बारीमा कोदालो खन्दाखन्दै टपक्क टिपेर लगून् मेरो सास ।’
नभन्दै एक दिन बारीबाट फर्केर घरमा गएपछि फेरि फर्केर आइनन् उनी । दिनभरि कर्किनी घरबाट ननिस्केपछि केही छिमेकीलाई शङ्का लाग्यो । छिमेकीहरूसँगै म पनि उनको घरमा गएँ । ढोका भित्रबाट लागेको थियो । नजिकको चौकीको पुलिस, वडाध्यक्ष, गाविससचिव र छिमेकीहरूको रोहबरमा उनको घरको ढोका फोरियो ।
कर्किनी आमै आफ्नो खाटमा चिर निद्रामा परिसकेकी रहिछन् । सबै जिल्ल पर्यौँ । जिल्ल पर्ने अर्काे कारण पनि थियो । उनको कोठाभरि लोग्नेका लुगाफाटाले बनाएका पुतलीहरू थिए । जताततै पुतली नै पुतली । सयौँ पुतली । कोठामा लोग्नेका लुगाहरू अझै बाँकी थिए । तर, कुनै पनि सद्दे थिएनन् । सबै च्यातिएका । सबै धुजाधुजा पारिएका थिए । मानौँ उनले वर्षौंदेखि लोग्नेका तिनै लुगाहरूसित रिस फेरिरहेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यार्थीको कपालको लम्बाइबारे लचिलो बन्यो थाइल्यान्ड
-
सात गोलको थ्रिलरमा हार्यो युनाइटेड
-
श्रीअन्तु सामालबुङ खानेपानी आयोजना सञ्चालनमा
-
मनसुन विपद्को जोखिम न्यूनीकरणका लागि पूर्वतयारी गर्न निर्देशन
-
आईपीएलमा ६ बलमा ६ छक्का हिर्काउने पहिलो खेलाडी बने रियान पराग
-
७ जना डीआईजीहरूको सरूवा, ६ प्रदेशका प्रमुख फेरिए