जर्मन बुण्डेस लिगामा शीर्ष स्थानको बायर्न म्युनिखलाई घाटा
आइतबार, २१ वैशाख २०८२, ०६ : ३७
काठमाडौं । जर्मन बुण्डेस लिगामा शीर्ष स्थानको बायर्न म्युनिख बराबरीमा रोकिएको छ । आफ्नो ३२ औं खेलमा बायर्न आरबी लेप्जिगसँग ३-३ को बराबरीमा रोकिएको हो ।
लेप्जिगको घरेलु मैदानमा बायर्नका लागि एरिक डियर, माइकल ओलिस र लेरोय सानेले गोल गरे । यो बराबरीले बायर्नलाई अंक दुरीमा फरक नपारे पनि बढी खेल अगावै उपाधि जित्ने अवसरमा धक्का लागेको छ ।
बायर्नको ३२ खेलबाट ७६ अंक भएको छ भने एक खेल कम खेलेको बायर लिभरकुजेन ६७ अंकसहित दोस्रो स्थानमा छ । जहाँ १० अंकको फरक छ ।
बुण्डेस लिगा मै बोरुसिया माग्लाडव्याच र होफेनहाइमले ४-४ को बराबरी खेल्दै अंक बाँडे । यस्तै, युनियन बर्लिन र वेर्डर ब्रेमेनले समेत २-२ को बराबरी खेले ।
बोरुसिया डर्टमण्डले उल्फ्सवर्गलाई ४-० को फराकिलो अन्तरले हराउँदा सेन्ट पोल भीएफबी स्टुटगार्टसँग १-० ले हार्यो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण