मङ्गलबार, २३ वैशाख २०८२
ताजा लोकप्रिय

सिरी’एमा एटलान्टाको फराकिलो जित

सोमबार, २२ वैशाख २०८२, ०६ : १५
सोमबार, २२ वैशाख २०८२

काठमाडौं । इटालियन सिरी’एमा तेस्रो स्थानको एटलान्टाले फराकिलो जित निकालेको छ । एटलान्टाले मोन्जाको घरेलु मेदानमा ४-० को फराकिलो जित  निकालेको हो । 

पाहुना टोलीलाई जिताउन चाल्र्स डी केटेलेरेले दुई गोल गर्दा एडेमोला लुकम्यान र मार्को ब्रेस्सियनिनीले एक-एक गोल गरे । यो जितसँगै एटालान्टाको ३५ खेलबाट ६८ अंक भएको छ । शीर्ष स्थानको नापोलीको ७७ अंक हुँदा दोस्रो स्थानको इन्टर मिलानको ७४ अंक छ । 

सिरी’ए मै एएस रोमाले फायोरेंटिनालाई १-० ले हराउँदा युभेन्ट्स र बोलोग्नाले १-१ को बराबरी खेल्दै अंक बाँडे । यस्तै, लाजियोले इम्पोलीलाई १-० ले हराए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप