सत्ता साझेदारबिच संयन्त्रको अभ्यासमा समस्या भए खारेज गर्न सुझाव
काठमाडौँ । नेकपा एमालेका सांसद सूर्य बहादुर थापा क्षेत्रीले सत्ता साझेदारबिच संयन्त्रको अभ्यासमा समस्या भए खारेज गर्न सुझाव दिएका छन् ।
सोमबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै थापाले लोकप्रियताका लागि सत्ता साझेदार दलका नेताहरूले नै सरकारविरुद्ध वक्तव्यवाजी गरेको देखिएको भन्दै सत्ता साझेदारबिच संयन्त्रको अभ्यासमा समस्या भए खारेज वा विघटन गर्न सुझाव दिए । तर अस्थिरतालाई मलजल हुने काम सत्ता साझेदारभित्र रहेका कसैले पनि गर्न नहुने उनले बताए ।
उनले अहिले सत्ता गठबन्धनको विपरीतमा कुनै काम नभएको दाबी गर्दै सरकार एमालेकरण भयो भन्नु गलत भएको उल्लेख गरे । त्यस्तै थापाले गठबन्धनको अभ्यासमा सबै अधिकार एक दललाई मात्रै नहुने भन्दै ऊर्जा मन्त्रीको प्रस्तावमा कुलमानलाई हटाएको विषय प्रधानमन्त्रीसँग जोडेको भन्दै आपत्ति जनाए ।
त्यस्तै उनले सरकार ढल्ने वक्तव्यबाजीहरूले मिडिया रङ्गिने र समाजमा ध्वनि प्रदूषण हुने क्रम जारी रहेपनि त्यस्ता वक्तव्य निरर्थक साबित भएको जिकिर गरे । थापाले लुटपाट र आगजनीबाट व्यवस्था नबदलिने भन्दै निन्द्राबाट ब्युँझिएर यथार्थलाई आत्मसाथ गरेर अघि बढ्न राजावादीलाई सुझाव दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण