गैडाकोटको जुक्तिखोलामा पौडी खेल्ने क्रममा दुई किशोरको मृत्यु
सोमबार, २२ वैशाख २०८२, १८ : ४३

नवलपुर । नवलपुरको गैडाकोट नगरपालिका–३ केलादीस्थित जुक्तिखोलामा पौडी खेल्ने क्रममा दुई किशोरको डुबेर मृत्यु भएको छ।
मृत्यु हुनेमा चितवन भरतपुर महानगरपालिका–८ का १६ वर्षीय प्रमिशन पाठक र सोही महानगरपालिका–४ धर्मचोकका १६ वर्षीय शिशिर पन्त रहेका छन्। उनीहरू आज दिउँसो पौडी खेल्ने क्रममा खोलामा डुबेका थिए।
घटनाको जानकारी पाएलगत्तै सुरक्षाकर्मी र स्थानीयवासीले उद्धार प्रयास थालेका थिए। तर,दुवै जनालाई मृत अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सुचना अधिकारी मधुसुदन नेपाले बताए
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खोटाङमा टेबलटेनिस र बुद्धिचाल प्रतियोगिता सुरू
-
नेपाल राष्ट्र बैंकको गभर्नर चाँडै नियुक्त हुन्छ : गृहमन्त्री
-
बाबुरामलाई प्रश्न– प्रचण्डलाई आफ्नो निर्वाचन क्षेत्र छाडेकोमा पश्चाताप लागेको छैन ?
-
मोदीको भनाई खारेज गर्दै पाकिस्तानले भन्यो – हामी ‘आतंकवाद पीडित’
-
ट्रम्पको दाबी भारतद्वारा अस्वीकार
-
खनाल आयोगका सुझाव तत्काल कार्यान्वयन गर्न नसक्ने सरकारको संकेत