मोदीको भनाई खारेज गर्दै पाकिस्तानले भन्यो – हामी ‘आतंकवाद पीडित’

काठमाडाैँ । पाकिस्तानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार गरेको भाषणमा दिएको बयानलाई ‘उत्तेजक’ भन्दै अस्वीकार गरेको छ। पाकिस्तानको विदेश मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘यस क्षेत्रमा शान्ति र स्थायित्व कायम राख्न अन्तर्राष्ट्रिय प्रयास भइरहेको बेला, यो कथनले गलत सूचना, राजनीतिक अवसरवाद र अन्तर्राष्ट्रिय कानुनको स्पष्ट अवहेलनामा आधारित खतरनाक उत्तेजनालाई प्रतिनिधित्व गर्दछ।’
भारतीय सेनाले पाकिस्तान विरुद्ध गरेको ’अपरेसन सिन्दूर’ पछि प्रधानमन्त्री नरेन्द्र मोदीले मे १२ को राति पहिलो पटक राष्ट्रलाई सम्बोधन गरे। प्रधानमन्त्री मोदीले भनेका थिए, ‘भारतीय सेनाले पाकिस्तानमा रहेको आतंकवादी शिविर र उनीहरूका तालिम केन्द्रहरूमा सटीक हमला गर्यो... आतंकवाद विरुद्धको भारतको कारबाहीलाई समर्थन गर्नुको सट्टा पाकिस्तानले भारतमाथि आक्रमण गर्न थाल्यो।’
मोदीले आफ्नो भाषणमा आणविक आक्रमणको धम्कीबाट आफू ब्ल्याकमेल नहुने बताए। उनले भनेका थिए, ‘भारतले तीन सिद्धान्तमा निर्णय गरेको छ। पहिलो, यदि भारतमा आतंकवादी आक्रमण भयो भने, भारतले आफ्नै तरिकाले, आफ्नै सर्तमा, आफ्नै समयमा जवाफ दिनेछ। दोस्रो, भारतले कुनै पनि आणविक ब्ल्याकमेल सहन गर्दैन। र तेस्रो, हामी आतंकवादलाई प्रायोजन गर्ने सरकार र आतंकका मालिकहरूलाई अलग–अलग हेर्नेछैनौँ।’
जवाफमा पाकिस्तानले भन्यो, ‘भारतले कुनै गल्ती नगरोस्। हामी आगामी दिनहरूमा यस सम्बन्धमा भारतको कार्य र व्यवहारको नजिकबाट समीक्षा गर्नेछौँ। हामी अन्तर्राष्ट्रिय समुदायलाई पनि त्यसै गर्न अनुरोध गर्नेछौँ।’
पाकिस्तानले भारतविरुद्ध आत्मरक्षाको लागि भारतीय सैन्य अड्डाहरूलाई मात्र निशाना बनाएको दाबी गरेको छ। विज्ञप्तिमा पाकिस्तानले सिन्धु जल सन्धि अन्तर्गत आफ्नो अधिकारको रक्षा गर्न आवश्यक कदम चाल्ने भनिएको छ । यद्यपि भारतीय विदेश मन्त्रालयले मंगलबार सिन्धु जल सन्धि ‘पाकिस्तानले आतंकवादलाई पूर्ण रूपमा समर्थन गर्न बन्द नगरेसम्म’ निलम्बन रहने दोहोर्याएको छ ।
पाकिस्तानको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पाकिस्तान युद्धविराम र यस क्षेत्रमा तनाव कम गर्न प्रतिबद्ध छ। धेरै मित्र राष्ट्रहरूको प्रयासबाट युद्धविराम सम्भव भएको हो। युद्धविरामको चाहनालाई पाकिस्तानसँग जोड्नु झूट हो।’
अर्कोतर्फ, भारतले पाकिस्तानको अनुरोधमा मात्र सैन्य द्वन्द्व रोकिएको बताएको छ। विदेश मन्त्रालयले भन्यो, ‘पाकिस्तानले हताश र असफलताका कारण युद्धविरामको अनुरोध गरेको भन्ने आरोप पूर्णतया गलत छ।’ वक्तव्यमा पाकिस्तानले आफूलाई ’आतंकवादबाट पीडित’ भनेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५५ वर्षको उमेरमा नागरिकता प्राप्त
-
सरकारबारे उपेन्द्र : भाषणमा आलोचना, वास्तविकतामा समर्थन
-
उभौलीको रौनक सुरु, टोलटोलमा साकेला सिली
-
लगानी बोर्ड बैठक : परियोजनाहरूको प्राथमिकीकरण र अद्यावधिक गर्ने निर्णय
-
विमानस्थलमा भैँसी आतङ्कबारे के भन्यो प्राधिकरणले ?
-
सरकारको बेरुजु ७३३ अर्ब नाघ्यो, एकैवर्ष थपियो ६३ अर्ब २८ करोड