भारतीय आक्रमणपछि पाकिस्तानी प्रधानमन्त्रीले राष्ट्रलाई सम्बोधन गर्ने
बुधबार, २४ वैशाख २०८२, २२ : २१
काठमाडौँ । भारतीय आक्रमणपछि पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरीफले राष्ट्रलाई सम्बोधन गर्ने भएका छन् ।
भारतको आक्रमणपछि पाकिस्तानका प्रधानमन्त्री शरीफले राष्ट्रलाई सम्बोधन गर्ने तयारी गरेका हुन् ।
प्रधानमन्त्री शरीफको कार्यालयबाट जारी विज्ञप्ति अनुसार स्थानीय समय अनुसार राति साढे ९ बजे (बिएसटीमा १७:३० बजे) बोल्नेछन्।
कश्मीरको पहलगाममामा आक्रमण भएपछि भारत र पाकिस्तानबिच युद्ध सुरु भएको छ । दुवै देशका तर्फबाट हवाई आक्रमण समेत भइरहेको छ ।
भारतीय सेनाले ’अपरेशन सिन्दूर’ अन्तर्गत पाकिस्तान र पाकिस्तान अधिनस्थ जम्मू कश्मीरमा रहेका आतंकवादी शिविरहरूमा एयर स्ट्राइक गरेको हो ।
फेब्रुअरी २०१९ मा, जेईएमले जम्मू–कश्मीरमा आत्मघाती बम विस्फोट गराएको थियो, जसमा ४० सैनिक मारिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुक्तकमैयाको आयआर्जनको प्रमुख आधार बन्दै तरबुजाखेती
-
राजेन्द्र लिङ्देन र कमल थापालाई दायाँबायाँ राखेर आन्दोलन घोषणा गर्न सफल भए नवराज सुवेदी
-
चीनमा १४५ प्रतिशत भन्सार महसुल अहिलेलाई कायमै रहनेछ : ट्रम्प
-
हिन्दु राष्ट्र र राजसंस्था स्थापित नभएसम्म आन्दोलन रोकिँदैन : कमल थापा
-
राजावादी समूहको १४ बुँदे प्रतिबद्धता पत्रमा के छ ? (पूर्णपाठसहित)
-
‘मिस एण्ड मिस्टर नेसनल’ का विजेता छानिए