‘अपरेसन सिन्दूर’ अझै जारी छ : भारत
नयाँ दिल्ली । भारतका रक्षामन्त्री राजनाथ सिंहले बिहीबार पाकिस्तानविरुद्ध ‘अपरेसन सिन्दूर’ अझै जारी रहेको बताएका छन् । भारतले मे ७ मा पाकिस्तानका ९ स्थानमा भएको हवाई आक्रमणपछि पनि अपरेसन जारी राखेको रक्षामन्त्रीले स्पष्ट पारेका हुन् ।
दिल्लीमा बोलाइएको सर्वदलीय बैठकमा रक्षामन्त्रीले यी कुराहरू भनेका थिए । करिब डेढ घण्टासम्म चलेको बैठकबाट बाहिर निस्केपछि संसदीय मामिला मन्त्री किरेन रिजिजुले पनि रक्षामन्त्रीको भनाइ दोहोर्याए ।
अपरेसन सिन्दूरको बारेमा जानकारी दिन बोलाइएको सर्वदलीय बैठकमा गृहमन्त्री अमित शाह, विदेशमन्त्री एस जयशंकर, विपक्षी नेता राहुल गान्धी र मल्लिकार्जुन खड्गे सहभागी भएका थिए । बैठकअघि कांग्रेसले प्रधानमन्त्री मोदीको उपस्थितिको माग गरेको थियो ।
कांग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेले यस संकटमा आफूहरू देश र सरकारको साथमा रहेको बताए । उनले भने, ‘सरकारको आलोचना गर्नु आवश्यक छैन ।’ राहुल गान्धीले पनि आफूहरूले सरकारलाई पूर्ण समर्थन दिएको जिकिर गरे ।
एआईएमआईएम प्रमुख असदुद्दीन ओवैसीले आफूले अपरेसन सिन्दूरको लागि सशस्त्र बल र सरकारको प्रशंसा गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण