शुक्रबार, २६ वैशाख २०८२
ताजा लोकप्रिय

‘अपरेसन सिन्दूर’ अझै जारी छ : भारत

बिहीबार, २५ वैशाख २०८२, १४ : १९
बिहीबार, २५ वैशाख २०८२

नयाँ दिल्ली । भारतका रक्षामन्त्री राजनाथ सिंहले बिहीबार पाकिस्तानविरुद्ध ‘अपरेसन सिन्दूर’ अझै जारी रहेको बताएका छन् । भारतले मे ७ मा पाकिस्तानका ९ स्थानमा भएको हवाई आक्रमणपछि पनि अपरेसन जारी राखेको रक्षामन्त्रीले स्पष्ट पारेका हुन् ।

दिल्लीमा बोलाइएको सर्वदलीय बैठकमा रक्षामन्त्रीले यी कुराहरू भनेका थिए । करिब डेढ घण्टासम्म चलेको बैठकबाट बाहिर निस्केपछि संसदीय मामिला मन्त्री किरेन रिजिजुले पनि रक्षामन्त्रीको भनाइ दोहोर्‍याए ।

अपरेसन सिन्दूरको बारेमा जानकारी दिन बोलाइएको सर्वदलीय बैठकमा गृहमन्त्री अमित शाह, विदेशमन्त्री एस जयशंकर, विपक्षी नेता राहुल गान्धी र मल्लिकार्जुन खड्गे सहभागी भएका थिए । बैठकअघि कांग्रेसले प्रधानमन्त्री मोदीको उपस्थितिको माग गरेको थियो ।

कांग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेले यस संकटमा आफूहरू देश र सरकारको साथमा रहेको बताए । उनले भने, ‘सरकारको आलोचना गर्नु आवश्यक छैन ।’ राहुल गान्धीले पनि आफूहरूले सरकारलाई पूर्ण समर्थन दिएको जिकिर गरे ।

एआईएमआईएम प्रमुख असदुद्दीन ओवैसीले आफूले अपरेसन सिन्दूरको लागि सशस्त्र बल र सरकारको प्रशंसा गरेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप