सर्लाहीमा भारतीय नागरिकबाट नक्कली नोट बरामद

सर्लाही । सर्लाहीको बलरा नगरपालिका–२ जमुनियामा प्रहरीले एक भारतीय नागरिकलाई नक्कली नेपाली नोटसहित पक्राउ गरेको छ । भारतबाट नेपाल प्रवेश गर्ने क्रममा चेकजाँच गर्दा उक्त व्यक्ति सँग नक्कली नोट फेला परेको हो ।
छन्कीटोला स्थित प्रहरी चौकीबाट खटिएको टोलीले साँझ भारत तर्फबाट आइरहेको BR 30 AE 8363 नम्बरको मोटरसाइकललाई शंका लागेर रोकेको थियो । मोटरसाइकल चलाइरहेका व्यक्ति भारतको बिहार राज्य, सितामढी जिल्लास्थित मधुकरपुर गाउँपालिका–९ निवासी ३४ वर्षीय विश्वनाथ साह रहेको खुलेको छ ।
चेकजाँच गर्दा साहको साथबाट नेपाली हजार दरका आठ थान नक्कली नोट बरामद भएको प्रहरीले जनाएको छ । साथै, नेपाली रुपैयाँ ४ हजार ५ सय ९० र भारतीय रुपैयाँ ६ हजार ३ सय ४५ पनि फेला परेको थियो ।
साहलाई नक्कली र सक्कली नोट तथा मोटरसाइकल सहित नियन्त्रणमा लिई सर्लाही जिल्ला अदालतबाट म्याद थप गरेर थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । यस घटनाले सीमावर्ती क्षेत्रमा नक्कली नोटको ओसारपसार अझै सक्रिय रहेको संकेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा केन्द्रीय समिति बैठक बस्दै, के-के छन् छलफलका एजेन्डा ?
-
गभर्नरको रेसमा रहेका श्रेष्ठले राष्ट्र बैंकबाट पाए अवकाश, राजीनामाबारे यस्तो प्रस्टोक्ति
-
दुई दशकदेखि सफल हुन नसकेको पेट्रोलमा इथानोल मिसाउने योजना चालु वर्ष भित्रै कार्यान्वयनमा ल्याइँदै
-
एमाले सचिवालय बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
कर्णाली प्रदेश सरकारले पठाएको राहत हुम्ला पुग्यो