‘मिस एण्ड मिस्टर नेसनल’ का विजेता छानिए
काठमाडौँ । ‘मिस एण्ड मिस्टर नेसनल नेपाल २०२५’ मा एकसाथ ६ विजेता छानिएका छन् । बुधबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित ग्रान्ड फिनामा दीक्षा अवस्थी मिस सुप्रा नेसनल र साइरस विश्वकर्माले मिस्टर सुप्रा नेसनल तथा सिद्धार्थ तामाङ मिस्टर इन्टरनेसनल र रिजु भट्टराई मिस ग्लोब घोषित हुँदा क्रिशल श्रेष्ठ मिस्टर टुरिज्म क्रिशल श्रेष्ठ र सुम्निमा पुरी मिस इन्टरकन्टिनेन्टल घोषित भएका हुन् ।
प्रतियोगितामा मिस नेसनल नेपाल अनिशा श्रेष्ठ र मिस्टर नेसनल नेपाल प्रयाग रेग्मी बन्दा यही बिधामा फस्ट रनरअफ सिल्भिया शर्मा र सिजल कपाली बन्दा सेकेन्ड रनरअफ युक्ता सिंह र अजहर आलम भए ।
प्रत्येक विजेताहरुले २ लाख पुरस्कारसहित उपहारहरू हात पारेको आयोजकले जनाएको छ । सनुर्वी इन्टरनेसनल आयोजक रहेको प्रतियोगितामा महिला र पुरुष गरेर २७ जना प्रतिस्पर्धीहरू थिए ।
प्रतियोगितामा सबटाइटल तर्फ साइरस विश्वकर्मा र सुम्निमा पुरी उत्कृष्ट स्विमवेयर, सिजल कपाली र अनिशा श्रेष्ठले टप फोटोजेनिक, साइरस विश्वकर्मा र मनिशा पन्तले टप फिजिक बने ।
त्यस्तै, टप मोडलतर्फ दीक्षा अवस्थी र क्रिशल श्रेष्ठ उत्कृष्ट हुँदा सिल्भिया शर्मा मिस इलिगेन्स, मिस्टर एलिगेन्स प्रयाग रेग्मी चुँनिए ।मल्टिमिडिया अवार्ड रविना जिसी र सिद्धार्थ तामाङ, पब्लिक च्वाइस अवार्ड रिजु भट्टराई र अजहर आलमले जिते ।
प्रतियोगिताको निर्णायकमा डा.सन्तोष उपाध्याय, अरुण बस्नेत, केदारप्रसाद न्यौपाने, डा. केशु खड्का, सिजल रुपाखेती, प्रीया सिग्देल रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य ह्वात्तै बढ्यो
-
अरब सागरमा अमेरिकी नौसेनाको हेलिकोप्टर आकस्मिक अवतरण, एक चालक दल सदस्य बेपत्ता
-
राम मन्दिरबाट दान चोरी प्रकरण: अनुसन्धानको जिम्मा सीबीआईलाई दिने तयारी
-
विमानस्थलबाट व्यापारी पक्राउ, जुत्ता र कपडा भनेर कार्गोमा सुनचाँदीका गहना अमेरिका लैजाने प्रयास
-
पूर्वमन्त्री बस्नेतसहित १६ जना विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
-
किभमा रूसको मिसाइल र ड्रोन आक्रमणमा कम्तीमा ८ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण