अपरेसन सिन्दूर : पाकिस्तानमा कम्तीमा २६ जनाको मृत्यु, मारिनेमा मसूद अजहरका आफन्त
काठमाडौँ । भारतले बुधबार बिहान पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा हवाई आक्रमण गरेको छ ।
भारतीय रक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै सेनाले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा कूल नौ स्थानहरूलाई लक्षित गरेको जानकारी दिएको हो ।
पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले नियन्त्रण रेखामा भारतको हवाई आक्रमण र गोलाबारीमा २६ जनाको मृत्यु भएको र ४६ जना घाइते भएको बताएका छन् ।
यसैबिच, एक वरिष्ठ भारतीय अधिकारीले बीबीसीलाई दिएको जानकारी अनुसार नियन्त्रण रेखा नजिकै भएको गोलीबारीमा भारतीय पक्षमा कम्तीमा १० जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् ।
बुधबार बिहान भारतीय सेनाकी कर्णेल सोफिया कुरेशीले पत्रकार सम्मेलनमा भारतीय सशस्त्र बलले ६–७ मे २०२५ को राति १ः०५ देखि १ः३० बजेको बिचमा ‘अपरेशन सिन्दूर’ सुरु गरेको बताइन् ।
यो अपरेशनले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा रहेको आतंकवादी पूर्वाधारलाई लक्षित गरेको थियो । त्यहाँबाट भारतमा आतंकवादी आक्रमणको योजना बनाइएको र कार्यान्वयन गरिएको भारतको दाबी छ ।
यसैबिच, पाकिस्तानले भारतका पाँच लडाकु विमान खसालेको दाबी गरेको छ । भारतले यस दाबीमा अहिलेसम्म कुनै टिप्पणी गरेको छैन ।
मारिनेमा मसूद अजहरका नजिकका आफन्त
आतंकवादी संगठन जैश–ए–मोहम्मद (जेईएम) ले भारतले पाकिस्तानमा गरेको हवाई आक्रमणमा संगठनका प्रमुख मसूद अजहरको परिवारका १० सदस्य र चार नजिकका सहयोगी मारिएको बताएको छ ।
यस सम्बन्धमा, जेईएमले बुधबार एक विज्ञप्ति जारी गर्दै मृतकहरूमा अजहरकी दिदी र भिनाजु, भतिजा, भतिजाकी श्रीमती, भतिजी र परिवारका पाँच बालबालिका समावेश रहेको बताएको छ ।
त्यस्तै, संगठनले अजहरका तीन नजिकका सहयोगीहरू र ती सहयोगीहरूमध्ये एककी आमा आक्रमणमा मारिएका थिए ।
विज्ञप्ति अनुसार पाकिस्तानको बहावलपुरमा रहेको सुभान अल्लाह मस्जिदमा भएको आक्रमणमा अजहरका आफन्तहरूको मृत्यु भएको थियो ।
फेब्रुअरी २०१९ मा, जेईएमले जम्मू–कश्मीरमा आत्मघाती बम विस्फोट गराएको थियो, जसमा ४० सैनिक मारिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण