हिन्दु राष्ट्र र राजसंस्था स्थापित नभएसम्म आन्दोलन रोकिँदैन : कमल थापा
_JLt2lExPwV.jpg)
काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले हिन्दु राष्ट्र र राजसंस्थाको एजेण्डा स्थापित नभएसम्म राष्ट्रवादीहरुको आन्दोलन नरोकिने बताएका छन् । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनलाई धन्यवाद दिँदै थापाले राष्ट्रवादी आन्दोलनलाई सफल पार्ने जिम्मेवारी लिङ्देनको काँधमा पुगेको थापाको भनाइ छ ।
राजसंस्था पुनःस्थापनाका लागि गठित नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले बिहीबार गरेको पत्रकार सम्मेलनमा थापाले यस्तो बताएका हुन् । ‘हामीहरु हिन्दु राष्ट्रको एजेण्डा स्थापित नभएसम्म निरन्तर आन्दोलन गरिरहने प्रतिवद्धताका साथ एक ठाउँमा भेला भएका छौ’, थापाले भने, ‘हाम्रो एकतालाई अब कसैले चाहेर पनि कमजोर पार्न र फुटाउन सक्दैन ।’
उनले राष्ट्रवादी शक्तिहरु एकतावद्ध भएर चाँडै भ्रष्ट व्यवस्था र कुशासनबाट मुलुकलाई मुक्त तुल्याउने भन्दै उनले हिन्दु राष्ट्रको पुन:स्थापना गरी आर्थिक सुशासन कायम गने दाबी समेत गरे । कार्यक्रममा राजावादी समूहले जेठ १५ गतेबाट आनिश्चितकालीन आन्दोलनको घोषणा समेत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुष्ठरोगको उपचारका लागि आवश्यक जनशक्ति छैन : निर्देशक झा
-
न्युजिल्यान्डमा अझै पनि मानिसभन्दा भेडा बढी
-
महालक्ष्मी विकास बैंकद्वारा स्क्यान टु क्यास सेवा सुरु
-
लाहोरको हवाई रक्षा प्रणाली ध्वस्त पारेको भारतको दाबी
-
लमजुङबाट बसाइँसराइ गर्नेको सङ्ख्या बढ्यो
-
मातातीर्थ आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा शल्यक्रिया सुरु