माइतीघरमा लघुवित्त पीडितहरूको प्रदर्शन (तस्बिरहरू)
काठमाडौँ । लघुवित्त पीडितहरूले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । विभिन्न जिल्लाबाट काठमाडौँ आएका लघुवित्त पीडितको आन्दोलन सुरु भएको १ महिना १० दिन भइसक्दा पनि सरकारले पहिला गरेका सम्झौता पुरा गर्न नसकेको भन्दै बिहीबार उनीहरूले प्रदर्शन गरेका हुन् । सरकार र सहकारी तथा लघुवित्त सङ्घर्ष समितिबिच भएको सहमति कार्यान्वयन नभएको भन्दै उनीहरू चैतमा काठमाडौँ आएका थिए ।
_2Nss9w15qi.jpg)
सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासङ्घको अगुवाइमा काठमाडौँमा आन्दोलन सुरु भएको थियो । गत चैतमा सरकार र लघुवित्त सङ्घर्ष समितिबिच भएको सहमतिमा ऋणीहरूको साँवा ब्याज, शुल्क, जरिवाना, कालोसूची एवं धितो फुकुवा, पीडितको पुनः स्थापना तथा कर्जा भुक्तानी गर्ने कुनै आधार नभएका (घाइते, अपाङ्ग, दीर्घरोगी), वास्तविक पीडितहरूको कर्जा मिनाहा लगायतका विषयमा सहमति भएको थियो ।
_CmYq3KgoI3.jpg)
त्यसबेला भएको सहमतिमा स्थलगत अध्ययन गरी समाधानका विकल्पसहित काम सुरु गरेको ६० दिनभित्र प्रतिवेदन पेस गर्न सम्बन्धित क्षेत्रका विज्ञ र आन्दोलनरत पक्षका तीन जना प्रतिनिधि समेतको सहभागितामा कार्यदल गठन गर्ने र समाधान गर्ने उल्लेख थियो । तर सहमति लत्त्याउँदै लघुवित्त संस्थाहरूले ऋणीलाई पुनः दबाब दिँदै धितो लिलाम गर्न थालेको भन्दै उनीहरू पुनः आन्दोलनमा उत्रिएका हुन् ।
_RlX2K8gu7k.jpg)
_ZPWUzfDQ0E.jpg)
_JZpogBGute.jpg)
_JT3N8RB02b.jpg)
_ZPnqXn67WV.jpg)
_DYhnUPZ8I8.jpg)
_NH90pQBELU.jpg)
_1ATdnkO5oA.jpg)
_HXUql7Ex2B.jpg)
_ArNw9Icgik.jpg)
_r7gU91D1PI.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
-
कंगोमा विद्रोहीको आक्रमणमा ३० जनाभन्दा बढीको मृत्यु, इबोला नियन्त्रण अभियान प्रभावित
-
विपद्ले निम्त्याउँदैछ अर्बौंको क्षति, तर पूर्वतयारीमा सरकारको बेवास्ता
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सदस्य स्वार्थ बाझिने बैठकमा सहभागी हुन नपाउने
-
एमालेको २ दिने कार्यशाला : ओलीले उद्घाटन गरे, शंकरले गर्दैछन् समापन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण