१२ बजे, १२ समाचार : पाकिस्तान लक्षित आक्रमणपछि छत्तीसगढमा २२ माओवादी मारिएदेखि दुई लाख घुससहित अदालतका कम्युटर अपरेटर पक्राउसम्म

१. अपरेशन सिन्दूर
भारतले बुधबार बिहान पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा हवाई आक्रमण गरेको छ । भारतीय रक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै सेनाले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा कूल नौ स्थानहरूलाई लक्षित गरेको जानकारी दिएको हो ।
२. छत्तीसगढमा २२ माओवादी मारिएको दाबी
छत्तीसगढमा जारी माओवादी विरोधी अभियानमा प्रहरीले २२ माओवादी मारिएको दाबी गरेको छ। बुधबार भारतीय प्रहरीले सो दाबी गरेको हो ।
३. प्रदेशसभाको अधिवेशन
कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशको सभाको बर्खे (सातौँ) अधिवेशन आगामी जेठ ४ गते २ बजे बस्ने गरी आह्वान गर्नका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको छ।
४. भेरी नदीको पानी
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको खानेपानी समस्या समाधान गर्न अघि बढाइएको बहुचर्चित भेरी पम्पिङ आयोजनाका लागि कर्णाली प्रदेश सरकारले ८० करोड रकम व्यवस्थापन गर्ने भएको छ ।
५. दुई लाख घुस सहित कम्युटर अपरेटर अख्तियारको नियन्त्रणमा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासी जिल्ला अदालत परासीमा कार्यरत कम्युटर अपरेटर राम लखन बनियालाई नियन्त्रणमा लिएको छ । लागूऔषध मुद्दामा कारगारमा रहेका सेवाग्राहीसँग छुुटाई दिन सहजीकरण गर्ने भन्दै घुस लिएको आरोपमा बुधबार अख्तियारको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।
. ठेक्का
नेपालमा ईपीसी (ईन्जिनियरिङ प्रोक्युरमेन्ट र कन्स्ट्रक्सन) मोडलबाट ठेक्का सम्झौता गरी निर्माण भएका सबैजसो आयोजना विवादित छन् । यस मोडलमा निर्माण सम्पन्न तथा निर्माणका क्रममा रहेका आयोजनाको नतिजा त्यति राम्रो देखिएको छैन ।
७. सिन्डिकेटको प्रयास
मलेसियामा कामदार पठाउन सिन्डिकेट लगाउने प्रयास सुरु भएको छ । सीमित मेनपावर व्यवसायीहरूलाई मात्रै कामदार पठाउन पाउनेगरी सिन्डिकेट लगाउन खोजिएको हो ।
८. बाल मन्दिर जग्गा प्रकरण
बाल सङ्गठनको जग्गा भाडामा लगाउँदा घोटाला गरेको प्रकरणमा सरकारले १७ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ । जिल्ला अदालतमा दायर गरिएको अभियोग पत्र अनुसार दुई जनासँग बयान लिइएको छैन ।
९. लोसपाको महाधिवेशन
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले महाधिवेशनको मिति फेरि सारेको छ । वैशाख २६ गतेका लागि तय गरिएको महाधिवेशन साउन मसान्तभित्र गर्नेगरी लोसपाले अर्को निर्णय गरेको हो ।
१०. सामाजिक सुरक्षा कोष
सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा सबै उद्योग प्रतिष्ठानलाई सामाजिक सुरक्षा कोषमा सूचीकरण अनिवार्य गर्ने घोषणा गरेको छ ।
११. बुलेट छाडेर ब्यालेट
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लव बुलेटको बाटो छाडेर ब्यालेटमार्फत एकीकृत क्रान्ति सफल बनाउने रणनीतिमा लागेका छन् । एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवाद लक्ष्य साथ अगाडि बढेका उनी १२ वर्षपछि संसदीय यात्रामा निस्कन लागेका हुन् ।
१२. किन रिसायो कांग्रेस ?
एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको कोशी प्रदेश सरकारबारे सरकारकै मुख्य घटक नेपाली कांग्रेसमा असन्तुष्टि चुलिएको छ । सरकारको कार्यशैली एमालेमुखी मात्रै भएको र कांग्रेससँग सल्लाह नगरी सरकार अगाडि बढिरहेको भन्दै असन्तुष्टि चुलिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वाइसिएल मोरङको अध्यक्षमा योगेन लिम्बू
-
देशको राजनीति पश्चगामी, यथास्थितिवादी र अग्रगामी ध्रुवमा विभाजित हुँदै छ : उपेन्द्र यादव
-
पक्षधरता वा झस्केलाबाट योजना जान्छन् भन्ने विषय समाप्त गरियो : मुख्यमन्त्री कँडेल
-
भारत र पाकिस्तानबिच बढ्दो तनावले सेयर बजारमा गिरावट
-
भारतको प्रश्न : ‘आतंककारीहरूको अन्त्येष्टिमा पाकिस्तानी सेना के गरिरहेको थियो ?’
-
सरकारी उद्योगको निजीकरण विरुद्ध हेटौँडामा माओवादी केन्द्रको प्रदर्शन