मलाई प्यारो छ मेरो जन्मभूमि

कत्ति माया लागेको हो ? यो जन्मभूमि माटोको
सहर भित्रका खाल्डाखुल्डी, बिग्रिएको बाटोको
गाउँघरमा भत्किएका कान्ला अनि बाँझो पाटोको
कत्ति माया लागेको हो ? यो जन्मभूमि माटोको।
देश समृद्धि हुन्छ भन्ने आशा त अझै छ
सँगै नेताहरूको सोच परिवर्तन हुँदै छ
हरेस नखाऊ साथी स्वदेशमा विकासको मूल अनि
भ्रष्टाचारीहरू को फाइल खुल्दै छ ।
कत्ति माया लागेको हो ? यो जन्मभूमि माटोको।
यो मेरो देश त पट्टकै छोड्न मन छैन मलाइ
सुनाऊ मनोभाव अनि कुण्ठित तरङ्ग कसलाई ?
परिस्थितिले बिदेसिई भन्छ, मनले स्वदेशमै केही गर
मुलुक बनाउन अरूको मुख नताक, त आफै लागि पर ।
कत्ति माया लागेको हो, यो जन्मभूमि माटोको
अरूको देशको रङिन सहरले कहिल्यै मन लोभिएन
न त लोभिए सुख, चैन र अभिलाशितामा
भो मलाइ चाहिएन बिलासी जीवन अनि विनाशी धन
बरु महाकवि लक्ष्मी प्रसाद देवकोटाको कविता पढ्छु अनि बुझाउँछु मन
"हातका मैला सुनका थैला के गर्नु धनले
साग र सिस्नु खाएको बेस आनन्दी मनले"
कत्ति माया लागेको हो ?यो जन्मभूमि माटोको।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभरको सेवा ठप्प पार्ने दन्त चिकित्सकको चेतावनी
-
काठमाडौँ – हेटौँडा जोड्ने कुलेखानी–फाखेलको बाटो धमाधम हुँदैछ कालोपत्र (तस्बिरहरू)
-
परराष्ट्रमन्त्री डा. राणासँग बिमस्टेक महासचिवको भेटवार्ता
-
त्रिशूलीमा नुहाउन जाँदा बेपत्ता भएका दुई बालिका मृत फेला
-
भक्तपुरमा मोटरसाइकल चोरीमा संलग्न एकजना पक्राउ
-
माओवादीसँग गठबन्धन गर्ने कुनै योजना छैन : कांग्रेस