शुक्रबार, २६ वैशाख २०८२
ताजा लोकप्रिय

‘भारत–पाकिस्तान युद्धमा गोरखा सेना पहिलो चरणमा प्रयोग नगर्ने वातावरण निर्माण गरियोस्’

बिहीबार, २५ वैशाख २०८२, ११ : ३६
बिहीबार, २५ वैशाख २०८२

काठमाडौँ । सांसद मिना तामाङले भारत–पाकिस्तान युद्धमा गोरखा सेना पहिलो चरणमा प्रयोग नगर्ने वातावरण निर्माण गर्न पहल गर्न सरकारसँग माग गरेकी छन् । प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा बोल्दै सांसद तामाङले पहिलो चरणमै र पहिला घेरामा गोरखा सैनिकको प्रयोग हुने सम्भावना रहेको बताइन् । 

पहिलो घेरामा गोरखा सैनिकको प्रयोग नहुने वातावरण निर्माण गर्न कूटनीतिक पहल गर्न सरकारसँग उनले माग गरिन् । उनले भारत र पाकिस्तानबिच द्वन्द्व हुँदा त्यहाँ रहेका नेपालीको अवस्था के हुन्छ ? त्यसबारे सचेत रहन सरकारको ध्यानाकर्षण गराइन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप