आइतबार, २८ वैशाख २०८२
ताजा लोकप्रिय

राजनराज र मेलिनाको स्वर रहेको गीत ‘खोली तिरैमा’ सार्वजनिक

शनिबार, २७ वैशाख २०८२, ११ : ३६
शनिबार, २७ वैशाख २०८२

काठमाडौँ । सङ्गीतकार तथा गायक राजनराज शिवाकोटी र गायिका मेलिना राईको स्वर रहेको नयाँ गीत ‘खोली तिरैमा’ सार्वजनिक भएको छ। गीतमा गीतकार विनोद सुवेदीको शब्द छ ।

गीतको भिडियोमा रमेश विश्वकर्मा र करिश्मा केसीले अभिनय गरेका छन् । यी दुवै कलाकारको यो पहिलो सहकार्य हो। रमेश यसअघि धेरै म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् भने करिश्माको लागि यो डेब्यू भिडियो हो।

दोलालघाटमा छायाङ्कन गरिएको भिडियोमा राजुजंग बस्नेतको निर्देशन र सम्पादन छ । भिडियोमा आभेश बज्राचार्यको छायाङ्कन, केबिका खत्रीको कोरियोग्राफी र कृष्णमान तामाङको कला निर्देशन छ ।

भिडियो विनोद सुवेदीको अफिसियल युट्युब च्यानल विनोद सुवेदीबाट सार्वजनिक गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप