म माटोको सन्तान
बाँझो जमिन उर्वर बनाउन
हँसिया, हलोसँग मितेरी गाँस्दै
असीम, अनन्त, अविराम चल्ने हातहरू
पूर्वजको पसिनाले सिँचिएको भूमिमा
आज पनि निरन्तर पुग्ने गर्छु
सूर्योदयभन्दा पहिला
यही हो ! मेरो स्वाभिमानी दैनिकी
माटोमा पाइने सुगन्धहरू
जमिनमा बसेका डोबहरू
भेटिनेछन् गौरवशाली तथ्यहरू
तर भेटिन्न
जग्गाधनी पुर्जामा फोटोहरू
नक्सामा भेटिन्न नामहरू
जब आए
दरबारको मर्जीले खान्की पाएकाहरू
कपाल मुण्डन भई खेदिएकाहरू
कुकर्मी दामलले डामिएकाहरू
अपरिचितहरू आए
नापी गरे जमिन
कोरे रेखाहरू
बने स्वामी धर्म र बुट धारी
अन्ततः हाम्रो खेत
बन्यो उनको भोजको थाली
कानुन र ग्रन्थ जपेर
उनीहरूले उखेलिदिए
हाम्रो पुर्खाको पसिनाले कोरेका रेखाहरू
तर मेट्न सक्ने छैन
इतिहासका छापहरू
आज
अपमानमा परेको मेरो हलो
कानुनले नदेखेको म ‘मुसहर’
विद्रोहीको रूपमा पुनः जन्मिएको छु
र म ठिङ्ग उभिएको छु
हिउँजस्तो चिसो अपमान भित्र
कोमल मुटु कठोर बनाएर
राज्यको दलन विरुद्ध
कविताको पङ्क्तिमा सीमित नरही
क्रान्तिको सामूहिक पङ्क्तिमा उभिएको छु
हो ! संघर्षले उभ्याएको ‘दलित’ हुँ
खोसिएको पूर्वजको माटो
दलनमा अड्किएको गौरव
कानुनमा प्रतिबन्धित भविष्य
इतिहासमा छिनिएको अधिकार
लिन दृढ
म माटोको सन्तान
म ‘मुसहर’
(टेक बहादुर विश्वकर्मा एकीकृत दलित मुक्ति मोर्चा, नेपालको केन्द्रीय समिति संयोजक हुन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण