कान्सको मार्केटमा नेपाली फिल्म ‘एक्लो’

काठमाडौँ । विश्व प्रसिद्ध कान्स फिल्म फेस्टिभलको ७२ औँ संस्करण मंगलबारदेखि सुरु हुँदैछ । फ्रान्सको दक्षिणपूर्वी फ्रेन्च रिभिएरा क्षेत्रको कान्स सहरमा १३ देखि २४ मे सम्म महोत्सव आयोजना हुनेछ । यस वर्षको कान्समा केही खास आकर्षण हुनेछन् । विश्व चर्चित हलिउड फिल्म ‘मिसन इम्पोसिबल’ को अन्तिम शृङ्खला ‘डेड रोकोनिङ’ को वर्ल्ड प्रिमियरमा सहभागी हुन टम क्रुज रेड कार्पेटमा सहभागी हुनेछन् ।
कान्समा नेपालबाट फिल्म ‘एक्लो’ पुगेको छ । प्रतिस्पर्धामा छनोट नभए पनि कान्स फिल्म फेस्टिभल २०२५ का विभिन्न कार्यक्रममा नेपाली फिल्म ‘एक्लो’ सहभागी हुँदैछ । ‘मार्चे दु फिल्म’ भनिने कान्स मार्केटमा सम्भवतः पहिलोपटक नेपाली फिल्मले स्टल नै खडा गरेर फिल्मलाई अन्तर्राष्ट्रिय वितरक, सेल्स एजेन्ट र निर्माताबिच ‘पिचिङ’ गर्न लागेको हो ।
मे १३ देखि २१ सम्म हुने कान्स मार्केटमा ‘एक्लो’ का निर्माताहरू रितेश राना, संगीता श्रेष्ठ, भाइराजा थापा, राजु गुरुङ, उत्सव विष्ट कान्स मार्केटमा सहभागी हुनेछन् । फिल्मकि कोपरेटिभ डिरेक्टर रिश्ता कार्की बजारीकरण प्रमुखको रूपमा सहभागी हुनेछिन् । निर्माताले महँगो पैसा तिरेरै कान्स मार्केटमा स्टल राख्दैछन् ।
स्टलमा नेपालको झन्डा राख्ने तयारी छ । निर्देशक प्रदीप शाही स्वयम प्रोड्युर्स नेटवर्कमा सहभागी हुँदैछन् । उनी तयारीको लागि आइतबार पेरिस पुगेका छन् । ‘हामीले यस वर्षको कान्समार्फत नेपाल र एक्लोलाई कनेक्ट गर्न खोजेका छौँ’ निर्देशक शाहीले बताए ।
कान्स सुरु हुनुअघि नै फिल्मबारे ७ अन्तर्राष्ट्रिय वितरकले फिल्मबारे रुचि राखेको शाहीले बताए । उनका अनुसार, वेबसाइटमा जानकारी हेरेर ४ अमेरिकी, २ जापानी र एक भारतीय वितरण कम्पनीले प्रस्ताव राखेका छन् ।
निर्देशक शाही कान्स प्रोड्युसर्स नेटवर्कमा छनोट भएको खबर यसअघि आइसकेको छ । प्रड्युसर्स नेटवर्कमा आफूले विश्व फिल्म निकायका प्रतिनिधि, निर्मातासँग भेट्नेदेखि लिएर ‘एक्लो’ लाई पिच गर्ने आफ्नो तयारी रहेको शाहीले बताए । ‘एक्लो’ ‘साइन्स फिक्सन’ फिल्म हो । फिल्ममा प्रदीप खड्का, विजय लामा, सुनिल थापा, दिया पुन, बेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली लगायतको अभिनय छ । बेलायती कलाकार जेमी बेकन पनि महत्त्वपूर्ण रोलमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको साउदी भ्रमणमा मस्क पनि साथमा
-
अबदेखि सीटीईभीटीका कुनै पनि कार्यक्रम पढ्न प्रवेश परीक्षा दिनुनपर्ने
-
नौलिङ भद्रकाली जात्रा गाम्चा चुनिखेल बुढानीलकण्ठ, तस्बिरहरू
-
नेपालमाथिको हस्तक्षेप बन्द गर्न माग गर्दै भारतीय दुतावास अगाडि प्रदर्शन (तस्बिरहरू)
-
‘चाँदीजस्ता टल्किने हिमाल फलामजस्ता काला भए, विकल्पमा जाऊँ’
-
राज्यले थेग्न नसक्ने भयो, सामाजिक सुरक्षालाई नयाँ ढङ्गले समीक्षा गर्नुपर्छ : गोकर्ण विष्ट