बिहीबार, ०५ असार २०८२
ताजा लोकप्रिय

ट्रम्पको साउदी भ्रमणमा मस्क पनि साथमा

मङ्गलबार, ३० वैशाख २०८२, १४ : २४
मङ्गलबार, ३० वैशाख २०८२

काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको साउदी अरब भ्रमणमा खर्बपति व्यापारी एलन मस्क पनि साथमै रहनेछन् । ह्वाइट हाउसका एक अधिकारीले भनेको भन्दै सीएनएनले समाचार छापेको छ ।

अमेरिकी राष्ट्रपतिको आधिकारिक विमान  एयर फोर्स वनमा ट्रम्पको साथमा विदेशमन्त्री मार्को रुबियो, रक्षा मन्त्री पिट हेग्सेथ, वाणिज्य मन्त्री होवार्ड लुट्निक र ऊर्जा मन्त्री क्रिस राइट् पनि साउदी गएका थिए । 

तर मस्क भने छुट्टै जाने बताइएको छ । ट्रम्पको प्रशासनमा मस्कले सरकारी दक्षता विभागको प्रमुखको जिम्मेवारी सम्हालिरहेका छन् । साउदीमा हुने अमेरिका–साउदी लगानी फोरममा मस्क माइक्रो ब्लगिङ वेबसाइट एक्सको सीईओको हैसियतमा सहभागी हुनेछन् ।

यो फोरम मंगलबार अबेर हुँदै छ । फोरमको वेबसाइटका अनुसार मस्क फिचर्ड स्पिकर रहनेछन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप