ट्रम्पको साउदी भ्रमणमा मस्क पनि साथमा
मङ्गलबार, ३० वैशाख २०८२, १४ : २४
काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको साउदी अरब भ्रमणमा खर्बपति व्यापारी एलन मस्क पनि साथमै रहनेछन् । ह्वाइट हाउसका एक अधिकारीले भनेको भन्दै सीएनएनले समाचार छापेको छ ।
अमेरिकी राष्ट्रपतिको आधिकारिक विमान एयर फोर्स वनमा ट्रम्पको साथमा विदेशमन्त्री मार्को रुबियो, रक्षा मन्त्री पिट हेग्सेथ, वाणिज्य मन्त्री होवार्ड लुट्निक र ऊर्जा मन्त्री क्रिस राइट् पनि साउदी गएका थिए ।
तर मस्क भने छुट्टै जाने बताइएको छ । ट्रम्पको प्रशासनमा मस्कले सरकारी दक्षता विभागको प्रमुखको जिम्मेवारी सम्हालिरहेका छन् । साउदीमा हुने अमेरिका–साउदी लगानी फोरममा मस्क माइक्रो ब्लगिङ वेबसाइट एक्सको सीईओको हैसियतमा सहभागी हुनेछन् ।
यो फोरम मंगलबार अबेर हुँदै छ । फोरमको वेबसाइटका अनुसार मस्क फिचर्ड स्पिकर रहनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सलमान खानको रहस्यमयी पोस्ट भाइरल
-
नेपालगञ्जमा एकै दिन छ शालिक अनावरण
-
बागमती करिडोरका सडक जीर्ण : स्थानीयलाई दैनिक सास्ती
-
खोपसम्बन्धी अन्तर्राष्ट्रिय साझेदार संस्था गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने
-
आमा, ढोका खुलै राख्नु
-
भीमसेन थापाप्रति प्रधानसेनापति सिग्देलद्वारा सम्मान अर्पण, राष्ट्रियताको भावना कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण