मङ्गलबार, ३० वैशाख २०८२
ताजा लोकप्रिय

माउन्टेन डिउको नयाँ अभियानमार्फत नेपाली पर्वतारोहीको कथा उजागर

आइतबार, २८ वैशाख २०८२, २० : ४६
आइतबार, २८ वैशाख २०८२

काठमाडौँ । माउन्टेन डिउले ‘पिक्स अफ क्युराज’ नामक नयाँ अभियान सार्वजनिक गरेको छ । जसले नेपाली पर्वतारोहणका कम चर्चित शिखरहरू र साहसी पर्वतारोहीहरूको कथालाई उजागर गर्ने उद्देश्य राखेको छ ।

नेपाल पर्यटन बोर्ड र डिस्कभरी च्यानलसंगको सहकार्यमा  सहकार्यमा सुरु गरिएको यो अभियान नेपालको स्थानीय पर्वतारोहण संस्कृतिलाई प्रवर्द्धन गर्दै विश्वभर चिनाउने प्रयास भएको कम्पनीको भनाइ छ ।  

कथावाचन र प्रविधिको संयोजनमार्फत माउन्टेन डिउले अनगिन्ती शिखरहरूमा चढेका साहसी नेपालीहरूको यात्रालाई प्रस्तुत गर्ने जनाइएको छ। सगरमाथा जस्ता चर्चित शिखरहरूको बाहिर पनि नेपालमा अन्वेषणयोग्य दर्जनौं शिखरहरू रहेको र त्यसमा ध्यान पुर्‍याउन अभियान लक्षित गरिएको कम्पनीको भनाइ छ । 

अभियान अन्तर्गत www.peaksofcourage.com गएर ८ वटा अनाम शिखरहरूको जानकारी, पर्वतारोहीहरूको अनुभव, तस्बिरहरू र उनीहरूको प्रेरणादायी यात्राबारे जानकारी लिन सकिन्छ ।

माउन्टेन डिउका ब्रान्ड प्रतिनिधिहरूका अनुसार, अभियानले साहसी कार्यमा संलग्न नेपालीहरूको योगदानलाई उजागर गर्दै नेपाली पर्वतारोहणको विविधता र सम्पदालाई विश्वसामु ल्याउनेछ ।

यो अभियान साहस, पहिचान र संस्कृति मनाउने एउटा सशक्त माध्यम बन्ने विश्वास गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप