पाकिस्तानका पूर्व प्रधानमन्त्रीले किन गरेका थिए शाहरुख खानलाई गाली ?

काठमाडाैँ । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले शाहरुख खानलाई एक पटक गाली गरेका थिए । यो त्यो समय कुरा हो जतिबेला शाहरुख खान स्टार बनिसकेका थिएनन् । इमरान खान क्रिकेट मात्रै खेल्थे ।
पाकिस्तानका प्रधानमन्त्री बनेका थिएनन् । धेरै कम मानिसलाई थाहा छ कि एक समय देव आनन्दले इमरान खानलाई आफ्नो फिल्ममा काम गर्न चाहन्थे । तर इमरानले उनको प्रस्ताव अस्वीकार गरे । इमरानलाई मनाउन देव आनन्द इङ्गल्याण्डसम्म गएका थिए ।
शाहरुख खानले क्यापिटल टक विथ हामिद मिरमा यो कुरा शेयर गरेका हुन् । जवानीमा शाहरुख इमरानको ठुलो प्रशंसक थिए । इमरान खान एक खेलको लागि भारत आएका थिए ।
पाकिस्तानी टोलीको खेल दिल्लीको फिरोज शाह कोटला रङ्गशालामा भएको थियो । पाकिस्तानी टोली हारको सङ्घारमा थियो । टोलीले इमरानबाट धेरै अपेक्षा गरेको थियो, तर उनी केवल ३० रन बनाएर आउट भए ।
इमरान रंगशालाबाट बाहिर निस्कन थाले, अटोग्राफ लिन उत्सुक शाहरुख उनको धेरै नजिक आए । बाहिर निस्केपछि इमरान रिसले चूर भए र आफ्नो सबै रिस शाहरुखमाथि पोखे र उनलाई जोरदार गाली गरे ।
अनि रिसाउँदै आफ्ना अघिल्तिर भएकाहरूलाई बाटोबाट हट्न भने । यो घटनापछि शाहरुखको चित्त निकै दुख्यो । २००८ मा ट्राभल विथ स्टाइल कार्यक्रममा शाहरुखले इमरान खानलाई भेट्ने मौका पाएका थिए । यस भेटमा शाहरुख खानले उनलाई आफ्नो पहिलो भेटको कथा पनि सुनाए । यो कुरा सुनेर इमरान र शाहरुख दुवै निकैबेर हाँसे ।
इमरान खानले एक पुरानो अन्तरवार्तामा भनेका थिए कि हिन्दी सिनेमाका दिग्गज अभिनेता देव आनन्दले उनलाई आफ्नो फिल्ममा काम गर्न प्रस्ताव गरेका थिए तर इमरानले त्यो प्रस्ताव अस्वीकार गरे । उनको अन्तरवार्ता भारतीय समाचार च्यानलमा पनि प्रसारण भएको थियो ।
‘तपाईंलाई विश्वास लाग्दैन कि भारतका एक महान अभिनेताले मलाई फिल्ममा काम गर्न प्रस्ताव गरेका थिए । मलाई मनाउन उनी इङ्गल्याण्डसम्म पनि आए ।’ इमरानले भनेका थिए ।
जोड दिएपछि इमरानले ती अभिनेता अरू कोही नभएर देव आनन्द भएको बताए । देव आनन्दले आफ्नो आत्मकथा ‘रोमान्सिङ विथ लाइफ’मा पनि यो घटना उल्लेख गरेका छन् ।
देव आनन्द बाहेक इस्माइल मर्चेन्टले पनि इमरानलाई अफर दिएका थिए । तर आफूले कहिल्यै स्कुलको नाटकमा त अभिनय गर्न नसकेको भन्दै इमरानले फिल्ममा खेल्न मानेनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस सांसद माया राईविरूद्ध अदालतमा मुद्दा दर्ता
-
लोकसेवाको उत्तरपुस्तिका आफैँ बोकेर गएपछि...
-
१० बुँदे घोषणापत्र जारी गर्दै सकियो युवा सम्मेलन
-
सुपथ मूल्यका औषधी तीन वटै तहमा उपलब्ध गराउनका लागि सहजीकरण समिति गठन
-
शान्तिपूर्ण आन्दोलन भड्काउने काम नहोस् : कमल थापा
-
राति १० बजेपछि होटल रेष्टुरेन्ट बन्द गराएको भन्दै सीडीओलाई व्यवसायीको ज्ञापनपत्र