शनिबार, ०३ जेठ २०८२
ताजा लोकप्रिय

नारायण र स्वरूपराजको सहकार्यमा ‘स्वार्थी संसार’ सार्वजनिक

बिहीबार, ०१ जेठ २०८२, ११ : ५६
बिहीबार, ०१ जेठ २०८२

काठमाडौँ । गीतकार नारायण खतिवडाको शब्द, लक्ष्मण शेषको सङ्गीत रहेको गीत ‘स्वार्थी संसार’ सार्वजनिक भएको छ । गीतमा गायक स्वरूपराज आचार्यले स्वर दिएका छन् ।

लामो समयको अन्तरालपछि वरिष्ठ सङ्गीतकार लक्ष्मण शेषले यसै गीतमार्फत सङ्गीतमा पुनरागमन गरेका हुन् ।  आजभोलि मानिस आफ्नो स्वार्थको लागि जे पनि गर्न तयार हुने, लाभ र फाइदा लिने तर आफ्नो लुकेको स्वार्थ पूरा भएपछि कुल्चेर हिँड्ने प्रवृत्ति गीतमा व्यक्त गरिएको छ । 

गीतकार खतिवडाका यसअघि स्वदेश छोडी, मनका कुरा, विन्दास, देखुँदेखुँ, सन्देश पुर्‍याइदेऊ, मेरो कथा, चोखो चोखो लगायतका दर्जनौँ गीत बजारमा आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप