नीरव मोदीको नयाँ जमानत याचिका लन्डन उच्च अदालतद्वारा खारेज
लन्डन । लन्डन उच्च अदालतले बिहीबार लन्डन जेलमा रहेका भारतीय हीरा व्यवसायी नीरव मोदीको नयाँ जमानत निवेदन खारेज गरेको छ । नीरव मोदी विगत छ वर्षदेखि बेलायती जेलमा छन् र भारत सुपर्दगीविरुद्ध लडिरहेका छन् ।
उनीमाथि पञ्जाब नेशनल बैंक (पीएनबी)मा भएको १ खर्ब ३० अर्ब भारु घोटालाको आरोप छ । यो घोटला उनले आफ्ना काका मेहुल चोक्सीसँग मिलेर गरेको भनिएको छ ।
‘नीरव मोदीले दायर गरेको नयाँ जमानत याचिका बिहीबार लन्डनको किङ्स बेन्च डिभिजनको उच्च अदालतले खारेज गरेको छ ।’ सीबीआईले एक विज्ञप्तिमा भनेको छ । नीरव मोदीलाई २०१९ को मार्च १९ मा लन्डनको होबर्नस्थित मेट्रो बैंक शाखाबाट पक्राउ गरिएको थियो । यहाँ उनी आफ्नो बैंक खाता खोल्न गएका थिए ।
२०१८ को सुरुवातमा पञ्जाब नेशनल बैंकमा हजारौँ करोड रुपैयाँको घोटाला बाहिर आयो । त्यसपछि बैंकले मेहुल चोक्सी, नीरव मोदी र अन्य धेरै विरुद्ध उजुरी दर्ता गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पौडेललाई गैरकानुनी थुनामा राखिएको भन्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
-
प्रसिद्ध गायिका अलका याग्निकलाई ‘पद्म भूषण’ सम्मान
-
बुटवल उपमहानगरद्वारा ३ अर्ब ९९ करोडको बजेट सार्वजनिक
-
रियल मड्रिडको अनुभवदेखि विश्वकपको मञ्चसम्मः मोरक्कोका ‘डिफरेन्स–मेकर’ डियाज
-
अध्यादेशको ६० दिने समयसीमाः प्रक्रियामा चार वटा पुग्दा बाँकी चार वटा निष्क्रिय हुने सम्भावना
-
वीरेन्द्रनगर नगरपालिकाले ल्यायो ४ अर्ब ७१ करोडको बजेट (पूर्णपाठ)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण