आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

एमालेसँग एकताबारे प्रचण्डको टिप्पणी–‘इनफ इज इनफ’

शुक्रबार, ०२ जेठ २०८२, २१ : ५३
शुक्रबार, ०२ जेठ २०८२

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०८४ को निर्वाचनअघि नेकपा एमालेसँग एकताको कुनै सम्भावना नभएको बताएका छन् । प्रेस सेन्टर नेपाल डडेलधुराले शुक्रबार सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रचण्ड तत्काल एमालेसँगको एकता अस्वीकार गरेका हुन् । 

‘हामीले पहिल्यै वामपन्थी एकता होस भनेर चाहना राखेकै हो । प्रस्ताव गरेको पनि हो । भएको पनि हो । तर त्यो तोडियो । फेरि पनि एकपटक हुन्छ त भनेर बल गरेको हो’, उनले भने, ‘तर नराम्रोसँग धोका खाइयो । पार्टीलाई मात्र होइन जनतालाई पनि धोका दिइयो । त्यसकारण ‘इनफ इज इनफ’ । अहिले तत्काल त्यो सम्भावना छैन । २०८४ को चुनावसम्म त्यस्तो सम्भावना छैन ।’ 

प्रचण्डले अहिले आफ्नो ध्यान सरकारतिर नभएको जिकिर गरेका छन् । यद्यपि सरकार उल्टो बाटोमा हिँडिरहेको र सुशासन भत्काउने तिर गइराखेकाले त्यसको खिलाफमा खबरदारी जारी राख्ने  उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप