बंगलादेशसँग हारेपछि सेमिफाइनलबाटै बाहिरियो नेपाल

काठमाडौँ । भारतमा जारी साफ यू–१९ च्याम्पियनसिप फुटबल प्रतियोगिताको सेमिफाइनलमा नेपाल बलियो प्रतिद्वन्द्वी बंगलादेशसँग पराजित भएको छ ।
अरुणाञ्चल प्रदेशको युपियास्थित गोल्डेन जुब्ली स्टडियममा शुक्रबार भएको खेलमा नेपाल बंगलादेशसँग २-१ गोलअन्तरले पराजित भएको हो । यो सँगै नेपाल सेमिफाइनलबाटै बाहिरिएको छ ।
नेपाल समूह ‘बी’ को उपविजेता बन्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको थियो । उक्त समूहबाट भारत विजेता बन्दै सेमिफाइनलमा पुगेको थियो । बंगलादेश समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । उक्त समूहबाट माल्दिभ्स उपविजेता बन्दै अन्तिम चरणमा प्रवेश गरेको थियो ।
समूहगत चरणमा दुई खेल खेलेको नेपालले एक जित र एक हारको नतिजा निकालेको थियो । नेपाली टोलीले आफ्नो पहिलो खेलमा श्रीलंकालाई ५–० गोलले हराएको थियो । आफ्नो दोस्रो खेलमा नेपाली टोली आयोजक भारतसँग ०–४ गोलले पराजित भएको थियो ।
बंगलादेशले भने समूहगत चरणमा एक जित र एक बराबरीको नतिजा निकालेको थियो । बंगलादेशको टोली आफ्नो पहिलो खेलमा माल्दिभ्ससँग २–२ गोलको बराबरीमा रोकिएको थियो । आफ्नो दोस्रो खेलमा बंगलादेशले भुटानलाई ३–० गोलले पराजित गरेको थियो ।
बंगलादेश प्रतियोगिताको साविक विजेता हो । सन् २०२४ मा सम्पन्न फाइनल खेलमा बंगलादेशले नेपाललाई ४–१ गोलले हराउँदै उपाधि हात पारेको थियो । बंगलादेशले जितेको त्यो पहिलो उपाधि थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादी जनताको बलमा सत्तामा पुगेको हो : अध्यक्ष दाहाल
-
मदन–आश्रित हत्याकाण्डको छानबिन हुनुपर्छ : माधव नेपाल
-
शेखरको नजरमा यस्तो छ गभर्नर नियुक्तिमा चलखेल हुनुको कारण
-
धरहराबाट तीन करोड ७३ लाख सङ्कलन
-
सरकारका कमीकमजोरी भए सुधार गर्दै अघि बढ्छौँ : सभापति देउवा
-
‘मदन भण्डारीको योगदानको समीक्षा र कम्युनिस्ट एकता अपरिहार्य’