बंगलादेशसँग हारेपछि सेमिफाइनलबाटै बाहिरियो नेपाल
काठमाडौँ । भारतमा जारी साफ यू–१९ च्याम्पियनसिप फुटबल प्रतियोगिताको सेमिफाइनलमा नेपाल बलियो प्रतिद्वन्द्वी बंगलादेशसँग पराजित भएको छ ।
अरुणाञ्चल प्रदेशको युपियास्थित गोल्डेन जुब्ली स्टडियममा शुक्रबार भएको खेलमा नेपाल बंगलादेशसँग २-१ गोलअन्तरले पराजित भएको हो । यो सँगै नेपाल सेमिफाइनलबाटै बाहिरिएको छ ।
नेपाल समूह ‘बी’ को उपविजेता बन्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको थियो । उक्त समूहबाट भारत विजेता बन्दै सेमिफाइनलमा पुगेको थियो । बंगलादेश समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । उक्त समूहबाट माल्दिभ्स उपविजेता बन्दै अन्तिम चरणमा प्रवेश गरेको थियो ।
समूहगत चरणमा दुई खेल खेलेको नेपालले एक जित र एक हारको नतिजा निकालेको थियो । नेपाली टोलीले आफ्नो पहिलो खेलमा श्रीलंकालाई ५–० गोलले हराएको थियो । आफ्नो दोस्रो खेलमा नेपाली टोली आयोजक भारतसँग ०–४ गोलले पराजित भएको थियो ।
बंगलादेशले भने समूहगत चरणमा एक जित र एक बराबरीको नतिजा निकालेको थियो । बंगलादेशको टोली आफ्नो पहिलो खेलमा माल्दिभ्ससँग २–२ गोलको बराबरीमा रोकिएको थियो । आफ्नो दोस्रो खेलमा बंगलादेशले भुटानलाई ३–० गोलले पराजित गरेको थियो ।
बंगलादेश प्रतियोगिताको साविक विजेता हो । सन् २०२४ मा सम्पन्न फाइनल खेलमा बंगलादेशले नेपाललाई ४–१ गोलले हराउँदै उपाधि हात पारेको थियो । बंगलादेशले जितेको त्यो पहिलो उपाधि थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण