आइतबार, ०४ जेठ २०८२
ताजा लोकप्रिय

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

आइतबार, ०४ जेठ २०८२, ०६ : ३७
आइतबार, ०४ जेठ २०८२

वि.सं.२०८२ साल ज्येष्ठ ४ गते । आइतबार । ईश्वी सन् २०२५ मे १८ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । उत्तरायणं । ग्रिख्म ऋतु । श्रीशाके १९४७ । ज्येष्ठ कृष्णपक्ष । तिथि–षष्ठी, ५३ घडी १९ पला, रातको २ बजेर ३५ मिनेट उप्रान्त सप्तमी । नक्षत्र–उत्तराषाढा, २७ घडी ७ पला, बेलुकी ४ बजेर ६ मिनेट उप्रान्त श्रवण ।

योग–शुक्ल, ५५ घडी १४ पला, रातको ३ बजेर २१ मिनेट ब्रम्ह । करण–गर, दिउसो २ बजेर ५० मिनेट उप्रान्त वणिज, रातको २ बजेर ३५ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–मकर योग । चन्द्रराशि–मकर  ।

काठमाडौँमा सूर्योदय बिहान ०५ बजेर १५ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर ४५ मिनेट । दिनमान ३३ घडी ४७ पला ।

आजको बार बेला   
बिहान ५ बजेर १५ मिनेटसम्म उद्वेग बेला ।
बिहान ५ बजेर १६ मिनेटदेखि बिहान ६ बजेर ५७ मिनेटसम्म चर बेला ।
बिहान ६ बजेर ५८ मिनेटदेखि बिहान ८ बजेर ३८ मिनेटसम्म लाभ बेला ।
बिहान ८ बजेर ३९ मिनेटदेखि बिहान १० बजेर २० मिनेटसम्म अमृत बेला ।
बिहान १० बजेर २१ मिनेटदेखि बिहान १२ बजेर १ मिनेटसम्म काल बेला ।
मध्यान्ह १२ बजेर २ मिनेटदेखि दिउसो १ बजेर ४२ मिनेटसम्म शुभ बेला ।
दिउसो १ बजेर ४३ मिनेटदेखि दिउसो ३ बजेर २४ मिनेटसम्म रोग बेला ।
दिउसो ३  बजेर २५ मिनेटदेखि बेलुकी ५ बजेर ५ मिनेटसम्म उद्वेग बेला ।
बेलुकी ५ बजेर ६ मिनेटदेखि बेलुकी ८ बजेर ५ मिनेटसम्म शुभ बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल
बेलुकी ५ बजेर ५ मिनेटदेखि बेलुकी ६ बजेर ४६ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।

ब्रहा मुहूर्त
बिहान ३ बजेर ३९ मिनेटदेखि बिहान ४ बजेर २७ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।

आजको राशिफल

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै तपाईँकै नाम अग्र स्थानमा आउनेछ । व्यापार व्यवसायमा भनेजस्तो नाफा कमाउन सकिनेछ भने थप लगानी बढाउने वातावरण बन्नेछ । छोटो समयमा नाम तथा दाम कमाउन सकिने हुँदा घर परिवारका मानिसहरू  खुसी हुनेछन् । माया प्रेममा सामीप्य बढेर जाने तथा पति पत्नी बिच विश्वास बढेर जानेछ ।  नयाँ कामको प्रस्ताव आउनेछ भने नोकरीमा पदोन्नति हुनेछ ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) प्रविधिको प्रयोग मार्फत आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ । धार्मिक यात्रा हुने तथा मन्दिर र धार्मिक प्रतिष्ठानको यात्रा गरी टिका तथा प्रसाद ग्रहण गर्न सकिनेछ । माया प्रेममा साथ पाइने तथा रमाइलो यात्रा गर्न सकिनेछ । खाद्यान्न, निर्माण सामाग्री तथा अटो पार्टसको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । काम वा अध्ययनको लागी विदेश जान खोज्दै हुनुहुन्छ भने समयले साथ दिनेछ । वित्तीय क्षेत्रमा आज गरिने लगानीबाट मनग्गे धन आर्जन गर्न सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)  काम बढेपनि आम्दानी भने न्यून हुनेछ ।  न्यून पारिश्रमिकमा दिनभर समय खर्चिनु पर्दा मन खिन्न हुनेछ । आफन्त तथा दिदी बहिनीसँग सानो सानो कुरामा विवाद सिर्जना हुनेछ । पढाइ लेखाइमा ध्यान जाने छैन भने विभिन्न अवसर आएपनी सदुपयोग गर्न नजान्दा अरू भन्दा धेरै पछि परिनेछ । स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जानेछ भने प्रेममा अविश्वास बढ्ने तथा धोका हुनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) परिवारका साथ देश विदेशको यात्राको तय गर्न सकिनेछ । स्थायी सम्पत्तिको भरपुर प्रयोग गर्न पाइनेछ । नाफामुलक काम गरी मनग्गे आम्दानी गर्न सकिनेछ । अध्ययनमा मन जानेछ । उद्योग , व्यापार वा शेयर बजारमा आज गरिने लगानीबाट आम्दानी हुनेछ । व्यावसायिक यात्रा हुने तथा आवश्यक पर्दा साथ दिनेहरू प्रशस्त भेटिनेछन् । अध्ययन वा कामको सवालमा लामो दुरीको यात्राको तय हुनेछ ।

सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) तपाईँसँग मनमुटाबको भावना राख्ने तथा शत्रुता साध्नेहरू आफै कमजोर हुनेछन् । काम गर्न रकम तथा आर्थिक स्रोतहरू जुट्ने हुनाले व्यापार व्यवसायमा प्रशस्त आम्दानी हुनेछ । विवादित विषयहरूबाट निचोड तपाईँकै पक्षमा आउने हुनाले खुसीले उचाइ नाघ्नेछ । पढ्ने लेख्ने काममा अरूलाई पछाडि छोड्दै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । पुराना समस्याहरूबाट छुट्करा पाइने हुनाले मन प्रसन्न हुनेछ । स्वास्थ्य आफ्नै काबुमा हुने हुनाले नयाँ नयाँ काम गर्न सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) सबैको सहयोग पाइने हुनाले काम गर्न जोस जाँगर आउनेछ । सामाजिक काममा दिन बित्ने हुँदा मन प्रसन्न रहनेछ भने सबैले तपाईँको क्षमताको कदर गर्नेछन् । व्यापार व्यवसायमा लगानी गरी सोचेजस्तो आम्दानी गर्न सकिनेछ । पढाइ लेखाइ अन्य दिन भन्दा सुधार हुने हुनाले आफन्तहरू खुसी हुनेछन् । माया प्रेममा सामीप्य बढेर जानेछ भने परिवार तथा आत्मीय मित्रमा साथ रमाइलो यात्रा हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) घर जग्गा तथा पैतृक सम्पत्तिमा विवाद बढ्ने ग्रहयोग रहेको छ भने सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला नसोचेको घटना घट्न सक्छ । राजनीति तथा समाजसेवामा तपाईँको प्रभाव कमजोर भएर जानेछ । व्यापार व्यवसायमा लगानी गरे पनि आम्दानी कम हुने हुँदा दैनिकी प्रभावित हुन सक्छ ध्यान दिनुहोला । उच्च महत्वकांक्षाले समस्या निम्तन सक्छ ध्यान दिनुहोला । प्रेममा सामान्य विवाद बढ्नेछ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)  उद्योग तथा उत्पादन मूलक व्यवसायमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । छोटो दुरीको उपलब्धि मूलक यात्राको तय गर्न सकिनेछ भने व्यापारमा प्रशस्त आम्दानी हुनेछ । दाजुभाइ तथा आफन्तबाट भनेजस्तो सहयोग पाइने हुनाले मन प्रसन्न हुनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ । पुराना विवादित विषयहरू हल भएर जानेछन् । नाफाम"लक व्यवसाय भन्दा सेवामूलक व्यवसाय फस्टाएर जानेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) आफन्त तथा कुटुम्बसँगको सम्बन्धमा आत्मीयताको बढोत्तरी हुने योग रहेको छ । बन्द व्यापारमा राम्रै फड्को मार्न सकिने समय रहेको छ ।  प्रेममा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ । अध्ययन अध्यापनमा प्रगति हुनेछ । पारिवारिक सद्भाव बढ्नेछ । आयआर्जनमा वृद्धि हुनेछ । नयाँ कामको थालनी हुनेछ । ठुला व्यक्तिको सहयोगमा विशेष काम सम्पन्न हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्यापार, शेयर बजार तथा  उद्योगको लगानी फस्टाएर जानेछ भने आर्थिक अवस्था निकै राम्रो हुनेछ । मन पर्ने वस्त्र, अलङ्कार आदि उपहार पाइने योग छ। स्वादिष्ट भोजनको आनन्द समेत पाइएला। प्रतिष्ठित काम गर्ने मौका छ। आत्म–विश्वास बढ्नेछ। पारिवारिक जमघटमा मन रमाउनेछ। पढाई लेखाइ प्रगतिकै बाटोमा अगाडि बढ्नेछ । साथीभाइ तथा आफन्तको सहयोगले राम्रा काम गर्न सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) खानपान तथा मौसमको ध्यान नदिए स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला । आफन्त तथा अग्रजको स्वास्थ्यमा समस्या आई उपचार खर्च बढ्ने योग रहेको छ । माया प्रेममा धोका हुनेछ भने जीवन साथीसँग मनमुटाब बढ्नेछ । पढाइ लेखाइमा ध्यान नजाँदा अरू भन्दा पछि परिनेछ । विदेशमा उत्पादित सामानको व्यवसाय फस्टाएर जानेछ मने स्वदेशी सामानको व्यापारमा मन्दी आउनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) पछिसम्म फाइदा हुने व्यापार व्यवसायमा लगानी गरी आम्दानी सुनिश्चित गर्न सकिनेछ । आर्थिक अभावले रोकिएका कामहरू तीव्र गतिमा सञ्चालन हुनेछन् । स्रोत साधनको प्रयोग गरी अग्रगामी छलाङ मार्न सकिनेछ । बैक तथा वित्तीय पेसासँग सम्बन्धित कामहरूबाट आम्दानी बढाउन सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेको छ भने जीवन साथीसँग थप आत्मीय भाव बढ्नेछ ।

तपाईँको दिन शुभ रहोस् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दुर्गा प्रसाद भण्डारी
दुर्गा प्रसाद भण्डारी
लेखकबाट थप