आईपीएल क्रिकेट : वर्षाका कारण खेल रद्द भएपछि कोलकाताको प्लेअफ सम्भावना समाप्त
आइतबार, ०४ जेठ २०८२, ०६ : ४८
काठमाडौँ । भारत र पाकिस्तानबिच तनाव भएपछि स्थगित भएर पुनः सुरु भएको इन्डियन प्रिमियर लिग (आईपीएल)को पहिलो खेल वर्षाका कारण रद्द भएको छ ।
शनिबार बेंगलुरुमा हुने तालिका रहेको घरेलु टिम रोयल च्यालेन्जर्स बेंगलुरु र कोलकाता नाइट राइडर्सबिचको खेल वर्षाका कारण टस समेत नभई रद्द भएको हो । अङ्क बाँडेसँगै साविक विजेतासमेत रहेको कोलकाता प्रतियोगिताको प्लेअफ समीकरणबाट बाहिरिने चौथो टोली बनेको छ ।
कोलकाता १३ खेलबाट १२ अङ्कसहित तालिकाको छैटौँ स्थानमा छ । यता, तालिकाको शीर्ष स्थानमा आसीन बेंगलुरु भने तालिकाको शीर्ष स्थानमा कायमै छ । बेंगलुरुले १२ खेलबाट १७ अङ्क जोडेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण