पीडित शिक्षकहरूले शिक्षा उपसमितिको प्रतिवेदनलाई किन भने ‘कालो विधेयक’ ?
काठमाडौँ । संसद्को शिक्षा समिति अन्तर्गतको उपसमितिले तयार पारेको विद्यालय शिक्षा विधेयकमाथिको प्रतिवेदनप्रति सरुवा पीडित शिक्षकहरूले आपत्ति जनाएका छन् ।
पीडित शिक्षकहरूलेशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, प्रतिनिधिसभा तथा राष्ट्रियसभा सदस्यहरूको ध्यानाकर्षण गराएका छन् ।
उनीहरुले विद्यालय शिक्षा विधेयकमा शिक्षा उपसमितिले तयार परेको प्रतिवेदनको अध्ययन गर्दा नवप्रवेशी शिक्षकहरूका लागि कालो विधेयक हुने बताएका हुन् ।
नव प्रवेशी तथा सरुवा पीडित केन्द्रीय सङ्घर्ष समिति संयोजक नेत्रलाल भट्टराई (नारायण) ले एक विज्ञप्ति जारी गर्दै शिक्षण पेसा विशुद्ध तलब बाहेक कुनै अतिरिक्त सुविधा नहुने बताए ।
शिक्षण पेसाको फाइदा भनेको घर पायक सेवा मात्रै भएको बताउँदै विधेयकमा प्रतिवेदनले शिक्षक सरुवा अन्तर प्रदेश ७ वर्ष, एक प्रदेश भित्र ५ वर्ष र पालिका भित्र २ वर्ष भनी प्रस्ताव गरेको छ । यो सरासर अन्याय र आफूहरूका लागि घोर आपत्तिको विषय बनेको बताए ।
सरुवामा निश्चित समयावधि तोकेर मात्रै सरुवा हुन पाउने भनी उपसमितिले प्रस्ताव गरेको विषयप्रति आपत्ति जनाए । हाल कार्यरत शिक्षकहरूको हकमा शिक्षक सरुवा मापदण्ड शिक्षा ऐन २०२८ कै प्रावधान हुने व्यवस्था राख्न अनुरोध गरे ।
शिक्षकप्रति अन्याय हुने गरी हाल उपसमितिले पेस गरे अनुसारको सरुवा व्यवस्था रहेमा ५० औँ हजार नवप्रवेशी युवा शिक्षकहरू संयुक्तरुपमा राज्यलाई राजीनामा दिन बाध्य हुने चेतावनी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण