सर्वसाधारणका लागि खुल्यो नौ तले दरबार, तस्बिरहरू

काठमाडौँ । काठमाडौँको वसन्तपुरस्थित नौ तले दरबार औपचारिक रुपमा उद्घाटन भएको छ । मंगलबार संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले दरबार उद्घाटन गरेका हुन् ।
उद्घाटनसँगै आजबाटै यो दरबार सर्वसाधारणका लागि खुला गरिएको छ । दरबार चीन सरकारको सहयोगमा पुनर्निर्माण भएको हो । विश्वसम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रको प्रमुख आकर्षण नौ तले दरबार वरपर घुम्न सक्नेगरी सबै संरचना हटाइएको छ ।
दरबार खुले पनि त्यहाँ रहेको महेन्द्र र वीरेन्द्र संग्रहालय भने केही समयपछि मात्र खुला हुनेछ । अहिले नौ तले दरबारमा चढ्न पाउने व्यवस्था गरिएको छ ।
दरबारको तल्लो तलामा भूकम्पअघिको दरबारको अवस्था र भूकम्पपछिको अवस्थाको बारेमा तयार पारिएको डकुमेन्ट्री प्रदर्शन गरिनेछ ।
दोस्रो र तेस्रो तलामा संग्रहालय रहनेछ । दरबारको माथिल्लो तलामा भूकम्पबाट ध्वस्त भएका हनुमानढोका दरबार क्षेत्र परिसरका काम नलाग्ने टुँडाल, इँट्टा लगायतका पुरातात्त्विक वस्तु प्रदर्शनीमा राखिनेछ ।
तस्बिरहरुस् नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अपडेट: कडरियालाई उछिन्दै पौडेलले बनाए अग्रता
-
१२ बजे १२ समाचार: प्रदेश सांसद अख्तियारको नियन्त्रणमा, भारतीय विमान दुर्घटना
-
अहमदाबाद विमान दुर्घटनाबारे ट्रम्पले भने– उड्डयन इतिहासकै भयानक दुर्घटना
-
अपडेट: अनेरास्ववियुको अध्यक्षमा कडरिया ११३ मतले अगाडि
-
तीनकुने घटनामा आदेश आउन ढिलाइ, अदालतबाहिर नाराबाजी
-
अनेरास्ववियुको मतगणनामा कडरियाको सुरुवाती अग्रता