भारतका १३ विश्वविद्यालयमा नेपाली भाषा

काठमाडौँ । नइ एकेडेमीले निकट भविष्यमा दुई दिने ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’ गर्ने भएको छ । नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलनका लागि विद्यावारिधि तहको पठनपाठन हुने दुवै देशका सम्पूर्ण विश्वविद्यालयबाट कार्यपत्रहरू प्राप्त भइसकेका छन् ।
नइले सम्पूर्ण कार्यपत्र समाविष्ट ‘नेपाली भाषा साहित्यको विकासमा नेपाल तथा भारतका विश्वविद्यालयको भूमिका’नामक ग्रन्थ प्रकाशित गर्ने भएको छ । उक्त ग्रन्थ नौ सय सय पृष्ठ हुने अनुमान गरिएको छ ।
भारतका विभिन्न विश्वविद्यालयबाट नेपाली भाषा साहित्यमा पठनपाठन हुने १३ वटा विश्वविद्यालय केन्द्रित कार्यपत्रहरू प्राप्त भएका हुन् ।
कलकत्ता विश्वविद्यालय, पटना विश्वविद्यालय, काशी हिन्दु विश्वविद्यालय, उत्तर बङ्ग विश्वविद्यालय, सिक्किम विश्वविद्यालय, कञ्चनजङ्घा विश्वविद्यालय, सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय, सिद्धार्थ विश्वविद्यालय, गौहाटी विश्वविद्यालय, डिब्रुगड विश्वविद्यालय, पूर्वोत्तर पर्वतीय विश्वविद्यालय, मणिपुर विश्वविद्यालय र असम विश्वविद्यालयहरूमा समेत नेपाली भाषा साहित्यको पठनपाठन हुँदै आएका सूचना सामग्रीको विश्लेषण यी कार्यपत्रहरूमा गरिएको छ ।
यस सम्मेलनमा नेपाल तथा भारतका विभिन्न विश्वविद्यालयबाट नेपाली भाषा साहित्यमा विद्यावारिधि गर्ने ३५० जना प्राज्ञको सहभागिता हुने अनुमान गरिएको छ । साथै विद्यावारिधि शोध गरिरहेका र दर्शनाचार्य पूरा गरेका शोधार्थीलाई समेत यस समारोहमा सहभागी गराउन सकिने छ ।
नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलनका लागि त्रिमूर्ति निकेतनका पदाधिकारीहरू प्रा.डा.महादेव अवस्थी संयोजक र प्रा.केशव सुवेदी सल्लाहकार रहेका सदस्यसचिव नरेन्द्रराज प्रसाईंले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तिनाउ खोलामा डुबेर भारतीय नागरिक बेपत्ता
-
खोलाले बगाउँदा महिलाको मृत्यु
-
राजेश हमाललाई शुभकामना दिँदै दीपकराजले भने– ‘संस्कार मैले राम्ररी बुझेको छु ’
-
दाङका विभिन्न वन क्षेत्रमा सात बाघ फेला
-
नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको अध्यक्षमा उप्रेती नियुक्त
-
१० बजे १० समाचार : आन्दोलनअघि ज्ञानेन्द्रको ‘मिटिङ’देखि स्वार्थको खेलमा मुख्यसचिवसम्म