माओवादी केन्द्रले पूर्वाधार निर्माणलाई उच्च प्राथमिकता दिएको छ : अध्यक्ष प्रचण्ड

समाचार सारांश
- माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ताराखोलाको सहिद मार्ग स्तरोन्नति गर्न बजेट विनियोजन गराउने बताएका छन् ।
- प्रचण्डले स्थानीय उत्पादनको बजारीकरण र पर्यटनका लागि सडक महत्वपूर्ण रहेको बताए।
- ताराखोला गाउँपालिकाले विकास निर्माण र सेवा प्रवाहमा उदाहरणीय काम गरेको प्रचण्डको भनाइ छ।
बागलुङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बागलुङको ताराखोला पालिकाको सहिद मार्ग स्तरोन्नतिका निम्ति बजेट विनियोजन गर्न सम्बद्ध निकायको ध्यानाकर्षण गराउने बताएका छन् । साथै उनले पूर्वाधार विकासलाई आफ्नो पार्टीले उच्च प्राथमिकता दिएको बताए ।
ताराखोला गाउँपालिकाद्वारा आज यहाँ आयोजित एक उनले ताराखोलालाई राष्ट्रिय राजमार्गसँग जोड्ने उक्त सडकको विस्तार र कालोपत्र गर्न सरकारसँग रकम माग्ने बताए । ‘सहिद मार्गलाई बजेटमा समेट्न यसअघि पनि पहल गरिएको हो, तर त्यसले सार्थकता पाउन सकेन, यसपालि विशेष प्रयत्न गर्छौँ’, उनले भने, ‘स्थानीय उत्पादनको बजारीकरण र पर्यटनका दृष्टिले पनि यो सडक महत्वपूर्ण छ ।’
भौगोलिक कठिनाइ र सीमित स्रोतसाधन हुँदा पनि विकासनिर्माण र सेवा प्रवाहमा ताराखोला गाउँपालिकाले उदाहरणीय काम गरेको उनले बताए । स्थानीय तहलाई पक्की सडकमार्फत प्रदेश राजधानीसँग जोड्ने सरकारको लक्ष्यअनुरूप २० किलोमिटर लामो उक्त सडक चार वर्ष अघि नै कालोपत्र गरिने सडकका रूपमा छनोट गरिएको थियो ।
पार्टीले सुरू गरेको मध्यपहाडी पुष्पलाल लोकमार्ग केन्द्रित जनजागरण अभियानले माओवादी केन्द्रको जनतासँगको सम्बन्धलाई सुदृढ बनाएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेको मुद्दामा सर्वोच्चले आदेश सुनाउने भएपछि रुपन्देही कारागार अगाडि समर्थक भेला
-
पर्यटन प्रवर्द्धनका लागि पूर्वाधार र कनेक्टिभिटी बढाउन ढकालको आग्रह
-
राजनीतिमा फर्किइन् सरिता गिरी
-
गायिका लक्ष्मी आचार्यले ल्याइन् ‘नौली हदेली’
-
सरकार यही ढंगले अघि बढे बर्खापछि ठुलो जनविद्रोह हुन्छ : अध्यक्ष प्रचण्ड
-
कालीगण्डकी स्वच्छता कार्यक्रमका लागि पूर्वाधार निर्माणको काम सुरू