यथास्थितिवादी र प्रतिगामीहरूको बिचमा साँठगाँठ देखिएको भन्दै ओलीमाथि खनिए प्रचण्ड
पोखरा । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति कडा प्रहार गरेका छन्। शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले ओली नेतृत्वको सरकारलाई यथास्थितिवादीको संज्ञा दिँदै सोही यथास्थितिवादी र प्रतिगामी राजावादी शक्तिबिच साँठगाँठ भएको आरोप लगाए ।
‘चैत १५ गते समाजवादी मोर्चाले आयोजना गरेको विरोध सभाले राजावादी र प्रतिगामी गठबन्धनको भण्डाफोर गर्यो,’ उनले भने, ‘तीनकुनेमा देखिएको हिंसा, आगजनी, लुटपाटले उनीहरूको चरित्र उजागर गर्यो।’ उनले तर गणतन्त्रवादीहरू अनुशासित ढङ्गले प्रस्तुत भएको र त्यसले जनमत आफ्नो पक्षमा रहेको स्पष्ट भएको बताए।
ओलीप्रति कटाक्ष गर्दै प्रचण्डले भने, ‘म सुन्दैछु, प्रधानमन्त्री पोखरा आएका थिए र समाजवादी मोर्चाको भव्य तथा सभ्य सभालाई ‘राजासँग मिल्ने अभियान’ भनेर बोलेछन्। यदि साँच्चै त्यस्तै बोलेका हुन् भने, म उनलाई एकपल्ट मेन्टल हस्पिटल जान सल्लाह दिन चाहन्छु।’
प्रचण्डले आफ्ना पछिल्ला अभियानहरू केवल माओवादी केन्द्रको नभई समग्र जनताको राष्ट्रिय अभियान बन्न पुगेको उल्लेख गरे। ‘झापाको केचनाकवलबाट सुरु भएको अभियान कास्की आइपुग्दा यो देशको समाधान, राजनीतिक स्थायित्व र राष्ट्रिय स्वाधीनताको साझा अभियान बनिसकेको छ,’ उनले दाबी गरे।
उनले स्थानीय तहमा नेकपा एमाले वा कांग्रेसको नेतृत्व भएको ठाउँहरूमा समेत अभियानलाई स्वागत र सहयोग प्राप्त भएको उल्लेख गर्दै राष्ट्रव्यापी समर्थनले अभियानको वैधता पुष्टि गरेको बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरेलु मैदानमा मेक्सिकोको सानदार प्रदर्शन, पहिलो हाफमै इक्वेडरविरुद्ध २–० को अग्रता
-
साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुने
-
यस्तो छ आजका लागि तोकिएको कृषिउपजको थोक मूल्य (सूचीसहित)
-
म्याग्दीलाई पूर्णखोपयुक्त घोषणा
-
घट्यो गीतसङ्गीत निर्माण, चुनौती बन्यो एआई
-
ट्रम्पले गत वर्ष क्रिप्टोकरेन्सीबाट मात्रै कमाए १ अर्ब डलरभन्दा बढी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण