शनिबार, १० जेठ २०८२
ताजा लोकप्रिय

माओवादी नेताहरुद्वारा सहिद तथा बेपत्ताजनका परिवारसँग भेटघाट

शुक्रबार, ०९ जेठ २०८२, २२ : २५
शुक्रबार, ०९ जेठ २०८२

समाचार सारांश

  • माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहितका नेताहरूले बागलुङमा जनयुद्धका सहिद र बेपत्ताजनका परिवारसँग भेटघाट र सम्मान गरे।
  • मध्यपहाडी पुष्पलाल लोकमार्ग केन्द्रित जनजागरण अभियान अन्तर्गत बागलुङमा विभिन्न कार्यक्रमहरू आयोजना गरियो, जसमा सहिद परिवारलाई सम्मान गरियो।
  • अभियान टोलीले बागलुङपछि पर्वत हुँदै कास्कीमा जनसभा गर्ने र गण्डकी प्रदेशको राजधानी पोखरामा शनिबार जनसभा आयोजना गर्नेछ।

बागलुङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को मध्यपहाडी पुष्पलाल लोकमार्ग केन्द्रित जनजागरण अभियानका क्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलगायतले जनयुद्धका सहिद तथा बेपत्ताजनका परिवारसँग भेटघाट गरेका छन् ।

शुक्रबार बागलुङका सहिद डिल्लीप्रसाद शर्माको घरमा भेटघाट कार्यक्रमको आयोजना गरिएको थियो । सो अवसरमा अध्यक्ष दाहालले सहिद र बेपत्ताजनका आफन्तलाई सम्मान गरेका छन् । अध्यक्ष दाहालसहितका नेताहरूले सहिद परिवारका सदस्यसँगै बसेर खाजा खाएका थिए । त्यसअघि जिल्लाको गलकोट नगरपालिका र ताराखोला गाउँपालिकाका सहिद परिवारका सदस्यलाई अध्यक्ष प्रचण्डले सम्मान गरेका थिए । 

अभियान टोली बिहीबार बागलुङ आइपुगेको थियो । ढोरपाटन नगरपालिकाको बुर्तिबाङ बजार र गलकोटको हटिया, ताराखोला गाउँपालिकाको अर्गल र बागलुङ बजारमा जनसभाको आयोजना गरिएको माओवादी केन्द्रका जिल्ला इञ्चार्ज राजीव घिमिरेले जानकारी दिए ।

ताराखोला गाउँपालिकामा सहिद उद्यान उद्घाटन र सालिक अनावरणसमेत गरिएको थियो । अभियानटोली आज बागलुङबाट पर्वत हुँदै कास्की आइपुगेको छ । अभियानमा पार्टी अध्यक्ष दाहालसहितका शीर्ष नेताहरू सहभागी छन् ।

अभियानअन्तर्गत शनिबार गण्डकी प्रदेशको राजधानी पोखरामा जनसभा हुने जनाइएको छ । माओवादी केन्द्रले लोकमार्गमा परेका प्रत्येक प्रदेशमा एक र एक वटा जनसभा र प्रत्येक जिल्लामा कम्तीमा एक र एक अन्तरसम्वाद गर्ने गरी यही जेठ २ गते बैतडीको पाटनबाट उक्त अभियान सुरू गरेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप