आइतबार, ११ जेठ २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

महानगरका प्रवक्ता मानन्धरलाई बालेनले सोधे स्पष्टीकरण

आइतबार, ११ जेठ २०८२, १२ : ३३
आइतबार, ११ जेठ २०८२

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ ले महानगरका प्रवक्ता तथा वडा नम्बर १७ का वडाध्यक्ष नवीन मानन्धरलाई स्पष्टीकरण सोधेका छन् ।

आइतबार पत्रमार्फत स्पष्टीकरण सोधिएको प्रवक्ता मानन्धरले जानकारी दिए । स्पष्टीकरण सोध्नुको मुख्य कारण मेयर शाहको विरुद्धमा आवाज उठाउनु रहेको उनको भनाइ छ । 

‘केहि पनि विषय तोकिएको छैन । मैले अहिले बोलिरहेको विषयमा उहाँको आपत्ति रहेको बुझेको छु, यद्यपि पत्र मेरो हातमा परिसकेको छैन’ उनले भने ।

मेयर शाहले पाँच महिनादेखि कार्यपालिका बैठक बोलाउन नसकेको भन्दै चैत १० गते कार्यपालिका माग गर्दै कांग्रेसबाट निर्वाचित सबै वडाध्यक्षहरूले मेयर शाहलाई ज्ञापनपत्र बुझाएका थिए ।  

प्रवक्ता मानन्धरलगायतका वडाध्यक्षहरूले बालेनको एकल निर्णयलाई विरोध गर्दै आएका छन् । यसअघि प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कार्यालय प्रवेश गराउने क्रममा प्रवक्ता मानन्धरले मुख्य भूमिका खेलेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप