माओवादीले माग्यो गृहमन्त्रीको राजीनामा
सारांश
- माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा विवादमा परेका गृहमन्त्री रमेश लेखकलाई राजीनामा दिन सुझाव दिएको छ।
- पार्टीको पदाधिकारी बैठकले नैतिकताको आधारमा राजीनामा दिन र छानबिनमा सघाउनुपर्ने निष्कर्ष निकाल्यो।
- बैठकले नेसपा र नेवा राष्ट्रिय पार्टीसँग एकता गर्ने निर्णय समेत गरेको छ।
काठमाडौँ । नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको छ ।
पार्टी अध्यक्ष प्रचण्ड निवास खुमलटारमा सोमबार बसेको माओवादी पदाधिकारी बैठकले भिजिट भिसा प्रकरणमा छानबिनका लागि गृहमन्त्री लेखकले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने निष्कर्ष निकालेको हो ।
बैठकपछि माओवादी प्रवक्ता अग्नि सापकोटाले गृहमन्त्रीले तुरुन्त राजीनामा दिएर छानबिनलाई सहयोग गर्नुपर्ने निष्कर्ष निकालेको बताए । उनले राज्यका निकायहरूले छानबिन नै सुरु गरिसकेको अवस्थामा शक्तिको दुरुपयोग हुन नदिनका लागि पनि गृहमन्त्रीले राजीनामा दिनुपर्ने जिकिर गरे ।
गृहमन्त्रीले राजीनामा दिन ढिला गरे राज्यको साख गिर्दै जाने उनको भनाइ थियो ।
त्यस्तै पदाधिकारी बैठकले मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सफल भएको निष्कर्ष निकालेको प्रवक्ता सापकोटाले जानकारी दिए ।
उनले अभियान निकै प्रभावकारी भएको र जनताको उपस्थिति र आकर्षण गुणात्मक ढङ्गले बढेको पार्टीको निष्कर्ष रहेको उल्लेख गरे ।
यसैबीच बैठकले नेसपा र नेपा: राष्ट्रिय पार्टीसँग एकता गर्ने निर्णय समेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा
-
५३ वर्षपछि ‘न्युयोर्क निक्स’ले उचाल्यो ‘एनबीए’ उपाधि
-
जनभावना विपरीतकाे अभिव्यक्तिले पार्टीको रक्षा हुँदैन : पोखरेल
-
जेनजी आन्दोलनमा जलेको भन्दै गण्डकीले खर्च गरेको साढे ४ अर्बको लेखा परीक्षण भएन
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण