बिहीबार, १५ जेठ २०८२
ताजा लोकप्रिय
राजनीति

माओवादीले माग्यो गृहमन्त्रीको राजीनामा

सोमबार, १२ जेठ २०८२, ११ : ३०
सोमबार, १२ जेठ २०८२

समाचार सारांश

  • माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा विवादमा परेका गृहमन्त्री रमेश लेखकलाई राजीनामा दिन सुझाव दिएको छ।
  • पार्टीको पदाधिकारी बैठकले नैतिकताको आधारमा राजीनामा दिन र छानबिनमा सघाउनुपर्ने निष्कर्ष निकाल्यो।
  • बैठकले नेसपा र नेवा राष्ट्रिय पार्टीसँग एकता गर्ने निर्णय समेत गरेको छ।

काठमाडौँ । नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको छ । 

पार्टी अध्यक्ष प्रचण्ड निवास खुमलटारमा सोमबार बसेको माओवादी पदाधिकारी बैठकले भिजिट भिसा प्रकरणमा छानबिनका लागि गृहमन्त्री लेखकले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने निष्कर्ष निकालेको हो । 

बैठकपछि माओवादी प्रवक्ता अग्नि सापकोटाले गृहमन्त्रीले तुरुन्त राजीनामा दिएर छानबिनलाई सहयोग गर्नुपर्ने निष्कर्ष निकालेको बताए । उनले राज्यका निकायहरूले छानबिन नै सुरु गरिसकेको अवस्थामा शक्तिको दुरुपयोग हुन नदिनका लागि पनि गृहमन्त्रीले राजीनामा दिनुपर्ने जिकिर गरे । 

गृहमन्त्रीले राजीनामा दिन ढिला गरे राज्यको साख गिर्दै जाने उनको भनाइ थियो । 

त्यस्तै पदाधिकारी बैठकले मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सफल भएको निष्कर्ष निकालेको प्रवक्ता सापकोटाले जानकारी दिए । 

उनले अभियान निकै प्रभावकारी भएको र जनताको उपस्थिति र आकर्षण गुणात्मक ढङ्गले बढेको पार्टीको निष्कर्ष रहेको उल्लेख गरे । 

यसैबीच बैठकले नेसपा र नेपा: राष्ट्रिय पार्टीसँग एकता गर्ने निर्णय समेत गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप