न्युजिल्याण्डका उपप्रधान तथा विदेश मन्त्री पिटर्स आइपुगे नेपाल
सारांश
- न्युजिल्यान्डका उपप्रधानमन्त्री विन्स्टन पिटर्स नेपालको औपचारिक भ्रमणका लागि काठमाडौँ आइपुगेका छन्।
- उहाँले राष्ट्रपति, प्रधानमन्त्री र माओवादी अध्यक्षसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ।
- भ्रमणका क्रममा उहाँले लुक्लाको भ्रमण र काठमाडौँका विश्व सम्पदा स्थलको अवलोकन गर्ने कार्यक्रम रहेको छ।
काठमाडौँ । न्युजिल्यान्डका उपप्रधान तथा विदेशमन्त्री विन्स्टन पिटर्स नेपालको औपचारिक भ्रमणका लागि आज काठमाडौँ आइपुगेका छन् । जेठ १४ र १५ गते दुई दिनसम्म उनी नेपालमा रहने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
_q3d1Tld5YI.jpg)
न्युजिल्यान्डबाट उच्च तहको तहको यो पहिलो राजनीतिक भ्रमण हो । परराष्ट्र मन्त्रालयका प्रवक्ता एवं सहसचिव कृष्ण ढकालका अनुसार श्रीलङ्काको भ्रमण सकेर पिटर्स नेपाल आएका हुन् ।
उनले आजै राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलगायत शीर्ष व्यक्तिहरूसँग शिष्टाचार भेट गर्नुको साथै परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासँग द्वारिका होटलमा दुई पक्षीय भेटवार्ता हुने बताए ।
_0JXde2i6YG.jpg)
बिहीबार बिहान उपप्रधान तथा विदेश मन्त्री पिटर्स लुक्ला जाने र फर्केपछि काठमाडौँका विश्व सम्पदा स्थलको अवलोकन भ्रमण गर्ने कार्यक्रम छ । पिटर्स बिहीबार साँझ भारतको दिल्ली जाने बताइएको छ ।
गत वर्ष तत्कालीन परराष्ट्रमन्त्री एनपी साउदले न्युजिल्यान्डको भ्रमण गरेका थिए । पछिल्लो समय दुई देशबिच भ्रमण आदानप्रदान भइरहेको छ । न्युजिल्याण्डले पनि नेपाललाई महत्व दिन थालेको छ । यद्यपि दुवै देशमा एक अर्काको दूतावास छैन । दिल्लीमा रहेको न्युजिल्यान्डको दूतावासले नै नेपाल हेर्दै आएको छ ।
न्युजिल्यान्ड सरकारले गराएको जनाकारी अनुसार उपप्रधान तथा विदेश मन्त्री पिटर्सले अस्ट्रेलिया, श्रीलंका, नेपाल र भारतको यात्रापछि स्वदेश फर्किने बताइएको छ । नेपालसँगको न्युजिल्याण्डको विशेष सम्बन्ध रहेको त्यहाँको सरकारले जनाएको छ ।
न्युजिल्यान्डका नागरिक एडमन्ड हिलारी र नेपाली नागरिक तेन्जिङ शेर्पाले सन् १९५३ मा सगरमाथा चढेका थिए । न्युजिल्यान्डमा नेपालका करिब डेढ हजार विद्यार्थी अध्ययनरत रहेको मन्त्रालयले जनाएको छ । । त्यहाँ रोजगारीका लागि पनि नेपालीहरू जाने गरेको बताइएको छ । न्युजिल्यान्ड सरकारले हिमाली क्षेत्रको विकास त्यहाँको शिक्षा, स्वास्थ्यको क्षेत्रमा सहयोग पुर्याउँदै आएको मन्त्रालयले जनाएको छ । २०७२ को विनाशकारी भूकम्पमा पनि न्युजिल्याण्डले राहत कार्यमा सहयोग गरेको थियो । तस्बिर : सुवास श्रेष्ठ/रातोपाटी
_KBAwGLfmL5.jpg)
_NqVyQ12g1f.jpg)
_BOTpeobRlA.jpg)
_xgRjF3byEj.jpg)
_PFUNvhJpTK.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा गोरखाको सभापतिमा क्षेत्री विजयी
-
इरिक्सनको स्वास्थ्यमा सुधार, ‘पेसमेकर’ ले सही काम गरेको चिकित्सकको भनाइ
-
मैदानमै फेरि ढले डेनिस स्टार क्रिस्टियन इरिक्सन, युक्रेनविरुद्धको खेल रद्द
-
१२ बजे १२ समाचार: सरकारमाथि कांग्रेसको निगरानीदेखि ओलीका स्वकीय सचिवमाथि अनुसन्धान सुरुसम्म
-
‘बार्न’ अध्यक्षमा घिमिरे निर्वाचित
-
दरबार रोधीको १८औँ वार्षिकोत्सवमा दृष्टिविहीन कलाकारलाई सहयोगको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण