शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

होटल म्यानेजमेन्ट अध्यापन सम्झौता

शुक्रबार, ०१ असार २०७५, १४ : ०५
शुक्रबार, ०१ असार २०७५

इटहरी– इम्पेरियल इन्स्टिच्युट अफ होटल म्यानेजमेन्ट कलेज तथा शान्ति र विकासका लागि युवा नेपालबीच विद्यार्थीलाई सहुलियतमा होटल म्यानेजमेन्ट पढाउन आज यहाँ सम्झौता भएको छ । 

शान्ति र विकासका लागि युवा नेपालको सहयोगमा उक्त कलेजले गरिब र विपन्न समुदायका विद्यार्थीलाई सहुलियत दरमा एकवर्षे डिप्लोमा इन होटल म्यानेजमेन्ट पढाउने सम्झौता गरेको हो । 

आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई पढ्ने अवसर दिलाउन सो सम्झौता गरिएको शान्ति र विकासका लागि युवा नेपालका उपाध्यक्ष श्रवण घिमिरेले जानकारी दिए । पैसा नभएर पढ्न नपाउने केही विद्यार्थीलाई सहयोगका लागि इम्पेरियलसंँग सम्झौता गरिएको उनको भनाइ थियो । 

भारतको दार्जिलिङमा होटल म्यानेजमेन्ट अध्यापन गराउँदै आएको इम्पेरियलले यस वर्षदेखि इटहरीमा पनि सेवा विस्तार गरेको र पढाइ सकेपछि शतप्रतिशत विद्यार्थीलाई रोजगारी दिने इम्पेरियलका सञ्चालक बद्री अर्यालले जानकारी दिए । 

उनले रु दुई लाख ५० हजारको कोर्ष रू एक लाख २० हजारमा पढाएर आर्थिक अवस्था कम भएका विद्यार्थीलाई सहयोग गर्न लागेको थप जानकारी दिए । 

दार्जिलिङमा डिप्लोमा इन होटल म्यानेजमेन्ट र ब्याचलर इन होटल म्यानेजमेन्टका कोर्ष पढाउँदै आएको इम्पेरियलले इटहरीमा भने यसै आर्थिक वर्षदेखि ‘कुलिनरी आर्टस एण्ड हस्पिटालिटी’ मेनेजमेन्टका नाममा डिप्लोमा इन होटल म्यानेजमेन्टको कक्षा शुरु गरेको जनाएको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप