आजदेखि देशभर अनिश्चितकालीन यातायात बन्द

समाचार सारांश
- यातायात व्यवसायीले देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका छन्।
- उनीहरूले गण्डकी प्रदेश सरकारको 'राइड सेयरिङ' नियमावली खारेजीको माग गरेका छन्।
- माग सुनुवाइ नभएपछि सवारी साधन ग्यारेजमा राखेर आन्दोलन गर्ने निर्णय गरिएको छ।
काठमाडौँ । यातायात व्यवसायीले सोमबारदेखि देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका छन् । ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’को आह्वानमा सोमबारदेखि देशभरका सार्वजनिक यातायात ग्यारेजमै थन्क्याएर बस्ने निर्णय भएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीम ज्वाला राईले रातोपाटीलाई जानकारी दिए ।
आफूहरूले गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’को नाममा निजी प्रयोजनको लागि खरिद गरिएका सवारी साधनलाई भाडाका सवारी साधन सरह प्रयोग गर्न दिने गरी ल्याएको नियमावली खारेजीको माग गरेको उनको भनाइ छ ।
यसबारे सम्बन्धित निकायलाई ध्यानाकर्षण पत्र बुझाइ यथाशीघ्र समस्या समाधान गर्न अनुरोध गर्दा पनि सुनुवाइ नभएपछि सोमबारदेखि सवारी साधन घर तथा ग्यारेजमा थन्क्याएर आन्दोलनमा उत्रिने निर्णय गरिएको उनको भनाइ छ ।
यसैबिच आइतबार ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’को नामबाट जारी भएको विज्ञप्तिमा भनिएको छ, ‘यसबाट पर्न जाने असरको सम्पूर्ण जिम्मेवारी नेपाल सरकार नै हुने हुँदा मिति २०८२/२/१९ गतेबाट हुने बन्दले आम उपभोक्ता वर्ग, यात्रु, मजदुर, कर्मचारीहरूलाई हाम्रो आन्दोलनमा आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गरी सार्वजनिक यातायातलाई बचाई दिन सरोकारवाला सबै निकायमा हार्दिक अपिल गर्दछौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सरकार यातायात व्यवसायीकाे पक्षमा उभिएपछि राइडर्सहरू रूष्ट, आन्दोलनको चेतावनी
-
नामीद्वारा ४० देशमा १२ हजारभन्दा बढी जेएफ–एस ३ युनिट निर्यात
-
चन्द्रकला शाहलाई दीर्घ साधना कलाकारिता सम्मान प्रदान
-
देउवा र प्रचण्डलाई प्रधानमन्त्री ओलीको कुर्सी ‘सेयरिङ’को सन्देश के ?
-
ऊर्जा क्षेत्रको समस्या समाधानमा सरकार प्रतिबद्ध छ : ऊर्जामन्त्री
-
आमा ‘ब्रेन ह्यामरेज’ भएर अस्पतालमा हुनुहुन्छ, यस्तो बेलामा मानवीयताको समेत ख्याल गरिएन : राजु पाण्डे