क्लासेनले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास

समाचार सारांश
- दक्षिण अफ्रिकाका ब्याट्सम्यान हेनरिच क्लासेनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्। उनले इन्स्टाग्राममार्फत जानकारी दिएका हुन्।
- क्लासेनले परिवारलाई समय दिन र भविष्यका लागि निर्णय लिन कठिन भएको बताए। उनले आईपीएलमा राम्रो प्रदर्शन गरे र सर्वाधिक रन बनाउने खेलाडी बने।
- क्लासेनले दक्षिण अफ्रिकाका लागि ६० एकदिवसीय खेलमा २,१४१ रन बनाएका थिए, जसमा ४ शतक र ११ अर्धशतक समावेश छन्। उनले टी-२० मा पनि १,००० रन बनाए।
काठमाडौँ । दक्षिण अफ्रिकाका विस्फोटक ब्याट्सम्यान हेनरिच क्लासेनले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका छन् । सोमबार इन्सटाग्राम पोस्टमार्फत ३३ वर्षीय खेलाडीले संन्यासको जानकारी दिएका हुन् ।
‘मेरो लागि आज दुःखको दिन हो, म अन्तर्राष्ट्रिय क्रिकेटबाट टाढिने घोषणा गर्दैछु,’ उनले लेखेका छन् । क्लासेनले यो निर्णय लिन निकै कठिन भएको बताए ।
उनले लेखेका छन्, ‘म र मेरो परिवारको भविष्यका लागि के ठिक हुन्छ भन्ने निर्णय गर्न मलाई लामो समय लाग्यो,’ उनले भने, ‘यो निर्णयको पछाडि मेरो परिवारलाई समय दिनु पनि रहेको छ ।’ उनले अब परिवारसँग अझ धेरै समय बिताउने बताए ।
क्लासेन यस सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदराबादबाट खेलेका थिए । उनको टोली प्लेअफमा नपुगे पनि उनको प्रदर्शन भने उत्कृष्ट रह्यो ।
उनी यो सिजन टोलीका लागि सबैभन्दा धेरै रन बनाउने खेलाडी हुन् । १३ खेलमा उनले ४४.२५ को औसतले ४ सय ८७ रन बनाए । उनले यस क्रममा १ शतक र १ अर्धशतक पनि बनाए । उनको उच्च स्कोर नटआउट रहँदै १०५ रन बनाए । उनी प्रतियोगिताभर सबैभन्दा धेरै रन बनाउने सूचीमा १२ औँ स्थानमा रहे ।
दायाँ हाते ब्याटर तथा विकेटकिपर क्लासेनले सन् २०१८ मा भारतविरुद्ध एकदिवसीय खेलमा डेब्यू गरेका थिए । उनले दक्षिण अफ्रिकाका लागि ६० खेलमा ४३.६९ को औसतले २ हजार १४१ रन बनाएका छन् । यसमा ४ शतक र ११ अर्धशतक समावेश छ । उनको उच्च स्कोर १७४ रन हो ।
उनले एकदिवसीयपछि भारतविरुद्ध नै टी–२० अन्तर्राष्ट्रियमा डेब्यू गरे । टी–२० मा उनले ५८ खेलमा २३।२५ को औसतले १ हजार रन जोडेका छन् । उनले यसक्रममा ५ अर्धशतक बनाए ।
टेस्टमा भने उनले सन् २०१९ मा भारतविरुद्ध नै राँचीमा डेब्यूको अवसर पाए । तर, टेस्ट करियर भने उनको लामो रहेन । उनले मात्र ४ खेलमा १०४ रन जोडे । उनको उच्च स्कोर ३५ रन हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको यो विधेयकलाई मस्कले भने घृणित
-
स्टील र आल्मुनियम आयातमा ५० प्रतिशतसम्म कर लगाउने आदेशमा ट्रम्पले गरे हस्ताक्षर
-
सुखद सुरुवातपछि उत्साही नेपाल आज बलियो नेदरल्यान्ड्ससँग भिड्दै
-
नवीकरणीय ऊर्जा विकासमा ४० अर्ब डलरको खाडल, लगानीमैत्री वातावरण कसरी बनाउने ?
-
वर्तमान सरकार उत्पीडित वर्गहरूप्रति संवेदनशील छैन : प्रचण्ड
-
वीरगञ्जलाई विरुप बनाउने तार हटाइँदै