शुक्रबार, २३ जेठ २०८२
ताजा लोकप्रिय
राजावादी समूहकाे बैठक

राजावादी समूहको नयाँ रणनीति : राजसंस्था पुनर्स्थापनाका लागि देशव्यापी आन्दोलन गर्ने

बुधबार, २१ जेठ २०८२, १९ : ०५
बुधबार, २१ जेठ २०८२

काठमाडौँ । राजसंस्था पुनर्स्थापनाका लागि गठन गरिएको संयुक्त जनआन्दोलन समितिले आन्दोलनको नयाँ रणनीति तय गरेको छ । बुधबार संयुक्त जनआन्दोलन समितिमा आबद्ध ४५ दल, समूह र अभियानको बैठकले आन्दोलनलाई थप सशक्त बनाउँदै देशव्यापी आन्दोलन गरिने बताएको हो । 

संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले प्रेस विज्ञप्ति जारी गर्दै काठमाडौँदेखि देशका प्रमुख सहरहरूमा प्रदर्शन गर्ने निर्णय गरिएको छ । संयुक्त जनआन्दोलन समितिले काठमाडौँ उपत्यकाका विभिन्न पालिकामा विरोध प्रदर्शनको निरन्तरता दिने, प्रमुख सहरहरूमा सभा, जुलुस,आन्दोलनलाई थप प्रभावकारी र उपस्थिति बढाउने उद्देश्यले स्थानीय तहसम्म समिति विस्तार गर्ने निर्णय गरिएको छ । 

त्यस्तै, जिल्ला स्तरमा पूर्व राजा समर्थक र राष्ट्रवादी युवाहरूको समूह निर्माण गर्ने र विभिन्न जिल्लामा आन्दोलनमूलक कार्यक्रम सञ्चालन गर्ने योजना सार्वजनिक गरिएको छ।

  • पहिलो चरणको आन्दोलनबाट प्राप्त अनुभवलाई दृष्टिगत गर्दै आन्दोलनको भावी स्वरुपमा केही परिमार्जन गरिनेछ ।
  • काठमाडौं उपत्यकाको विभिन्न पालिकाहरुमा विरोध प्रदर्शनहरु निरन्तर जारी राखिनेछ ।
  • काठमाडौं अतिरिक्त देशको विभिन्न प्रमुख शहरहरुमा विरोध सभा, धर्ना तथा जनप्रदर्शन गरिनेछ ।
  • आन्दोलनलाई अझ सशक्त प्रभावकारी र उपलब्धिमूलक बनाउन स्थानीय तहदेखि नै संयुक्त जनआन्दोलन समिति गठन गरिनेछ ।
  • देशको विभिन्न जिल्लाहरुमा प्रतिवद्ध र जुझारु युवा कार्यकर्ताहरुको समूह तयार गरिनेछ ।
  • देशका विभिन्न जिल्लाहरुमा आन्दोलनका विभिन्न कार्यक्रमहरु सञ्चालन गरिसकेपछि आन्दोलनलाई पुनः काठमाडौं केन्द्रित गरिनेछ ।

 

496514683_1274703170745041_2594027913020264279_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप